दाङ एरपोर्टको रनवेय विस्तार हुदै

तुलसीपुर २५ भदाै  ।

संघीय सरकारले केहि वर्षदेखि महत्वमा नपारेको दाङ एरपोर्ट विस्तार हुने भएको छ । लुम्बिनी प्रदेश सरकारका पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीको पहलमा प्रधानमन्त्री शेर बहादुर देउवाले चासो देखाए पछि एरपोर्ट विस्तारको योजना अघि सारीएको छ ।

एरपोर्टको कुरा गर्दा प्रधानमन्त्रीले बढी चासो दिनु भएको छ, मन्त्री चौधरीले भने, यसै बर्ष एरपोर्टको धावनमार्ग विस्तारको योजना सुरु हुन्छ । बजेट यति उति भन्ने भएको छैन, एरपोर्टका लागि आबश्यक बजेट निकासा हुन्छ, टेन्डर हुन्छ विस्तारको काम हुन्छ उनले भने, सम्सोधित बजेटमा एरपोर्ट समेटिएको छ ।


प्रधानमन्त्री शेरबहादुर देउवा ज्युले आफै पनि एरपोर्टको विषयमा बढी चासो लिनु भएको छ, मैले एरपोर्टको बारेमा धेरै बुझेकमे छु, मन्त्री चौधरीले देउवालाई उदृत गर्दै भने, त्यसलाई ठूलो बनाउनु छ योजनामा परेको छ अब हुन्छ । अर्थमन्त्री ज्युको महत्वमा पनि एरपोट छ, उनले भने, अव एरपोर्ट विस्ताको काम आबश्यकता अनुसार सुरु हुन्छ, अब विस्तारको चिन्ता लिनु पर्ने अबस्था देखिएन । यसै बर्षदेखि काम सुरु गर्ने योजना सरकारको छ ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'