नेपाल नेत्रज्योति संघले मनायो ४५ औं नेत्रज्योति दिवस

तुलसीपुर, १४ चैत ।
नेपाल नेत्रज्योति संघ दाङ शाखाले ४५ औं नेत्रज्योति दिवस मनाएको छ । ‘हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी आँखा सेवामा साझेदारी’ भन्ने मुल नाराका साथ संघले दिवस मनाएको हो ।

अन्धोपन निवारणका लागी नेपालमा २०३५ सालमा नेपाल नेत्रज्योति संघ स्थापना भइ अन्धोपन निवारणमा संघले उदाहरणीय काम गरेको नेपाल नेत्रज्योति संघ दाङका सभापती कृष्ण कुमार गिरीले बताए । दुर्गम भेगहरुमा धेरै मानिसहरुको दृष्टी फर्काएर नयाँ जिवन दिएको गिरीको भनाइ छ ।

नेपाल नेत्रज्योति संघ दाङ अन्तर्गत संचालित राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल र छन्द कालेबाबु नारायणी आँखा अस्पपताले हजारौं व्यक्तिहरुलाइ दृष्टि प्रदान गरेको संघका सचिव सुरेन्द्र वहादुर खड्काको बताए। “अन्धोपन न्यूनीकरण गर्न राज्यका सवै संयन्त्रहरु जिम्मेवार हुनुपर्छ,खडकाले भने ।”

मुनाफारहित संस्थाले दृष्टि गुमेकाहरुलाइ दृष्टि दिन संघ अन्तर्गत संचालित आँखा अस्पताल र आँखा उपचार केन्द्रले गरेको कार्यहरु उदाहरणीय रहेको प्रति मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष सुवेदीले खुसि व्यक्त गरे । सेवालाइ अझ प्रभावकारी रुपले अगाडी वढाउन आफुहरुको निरन्तरता सदैव रहने प्रतिवद्धता व्यक्त गरे ।

यसैबीच दिवसको अवसरमा तुलसीपुर ४ नेत्रज्योति टोलका स्थानीयहरुलाई नजिकको चश्मा वितरण गरिएको छ भने शल्यक्रिया गरेका विरामीहरुलाइ फलफुल वितरण पनि गरिएको छ ।

अन्धोपनबाट बच्न तथा नजिकको दृष्टि कमजोर भएर चश्मा किन्न नसकेका व्यक्तिलाइ चश्मा दिइ सहज जीवनयापन गर्न मद्धत पुगेको सेवग्राही नोखिराम वली बताउँछन् ।

यस्तै आर्थिक अभावका कारण चश्मा किन्न नसकेर वसेका वृद्धवद्धाहरुले पनि नजिकको चश्मा पाएपछि घरको स सानो कामहरु आफै गर्न सहज हुने रमा सुवेदीको भनाइ छ । अस्पतालले निःशुल्क चश्मा वितरण गरेर पुन्य कमाएको उनको भनाइ छ ।


राप्ती आँखा अस्पतालमा आएका ४० वर्षमाथिका १ सय ३ जनालाइ लेखपढ र काम गर्न सहज होस भनेर नजिकको चश्मा वितरण गरिएको दृष्टि विशेषज्ञ ओम प्रकाश यादवले जानकारी दिए ।

कार्यक्रममा संघका सल्लाहकार नेत्रमणी लामिछाने, कोषध्यष श्याम प्रकाश आर्चाय, आजिवन सदस्यहरु, अकुलोप्लाष्टिक सर्जन तथा आँखा क्यानसर रोग विशेषज्ञ डा. सुरश रसाइली, कर्निया विशेषज्ञ डा. ज्योति सापकोटा, बालनेत्र रोग विशेषज्ञ डा. निता सोनाम, निर्वतमान प्रशासकीय अधिकृत किरण पौडेल, वाह्य कार्यक्रम अधिकृत शालिकराम गौतम, सुचना अधिकारी बालाराम खड्का लगाएतकाले शुभकामना व्यक्त गरे । कार्यक्रमको सहजीकरण संघका सह सचिव चिरन्जीवि रिजालले गरेका थिए ।

त्यसैविच छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जले पनि फलफुल वितरण तथा नजिकको चश्मा वितरण गरिएको प्रशासकिय अधिकृत जसराज विश्वकर्माले जानकारी दिए ।

त्यस्तै लमही आँखा अस्पतालमा पनि विभिन्न कार्यक्रम गरि दिवस मनाइएको छ । लमही आँखा अस्पताल प्रशासनिक समितिका संयोजक घनश्याम सुवेदीको अध्यक्षता तथा नगरप्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले अन्धोपन न्यूनिकरणमा संघद्धारा सञ्चालित अस्पतालहरुले खेलेको भुमिका महत्वपूर्ण भएको भन्दै आफुहरुले पनि अन्धोपन न्यूनिकरणमा सहकार्य गरि अगाडी बढेको बताए ।

उनले नगरमा कोहि पनि अन्धोपनमा जिवन विताउन नपर्ने भन्दै निःशुल्क उपचार सेवा दिने बताए । कार्यक्रममा वडा नं. १ का अध्यक्ष दामोदर पौडेल ,नेपाल नेत्रज्योति संघ लुम्विनी प्रदेशमा कोषाध्यक्ष लिला शाहलगायतले शुभकामना मन्तव्य व्यक्तगर्नुभएको थियो ।

नेपाल नेत्रज्योति संघका जिल्ला सदस्य शेषमणि गौतमको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण कार्यालय सहायक टेकबहादुर चौधरीले गरेका थिए ।