भ्यालीटप र मावि ढिकपुरले मनाए बार्षिकोत्सव

दाङ,५ फागुन ।
भ्यालीटप इङलिस वोडिङ स्कुलको २० औ वार्षिकोत्सव मनाएको छ । विद्यालयले शुक्रवार एक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रम विद्यालय व्यवस्थाप समितिका अध्यक्ष गिरीराज शर्माको अध्यक्षता तथा घोराही उप महानगरपालिका वडा नं. १८ का वडाध्यक्ष भरतमणि अर्यालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै वडाध्यक्ष अर्यालले शिक्षाको विकासका लागि अभिभावक, शिक्षक र विद्यार्थी मिलेर अगाडि बढनु पर्ने बताए । सबै मिलेर अगाडि बढेमा शिक्षाको विकासमा सहयोग पुग्ने उनको भनाइ रहेको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले शिक्षाको विकासमा निजी क्षेत्रको महत्वपुर्ण भुमिका रहेको बताएका थिए ।

उनीहरुले शिक्षासंगै संस्कार समेत प्रदान गर्नुपर्ने उनीहरुको भनाइ रहेको थियो । पछिल्लो समय बालवालिकाहरुमा संस्कार हराउदै गएको भन्दै यस तर्फ अभिभावक तथा विद्यालयले ध्यान दिनु पर्ने उनीहरुले जोड दिए । कार्यक्रममा प्यावसनका घोराही उप महानगरपालिका नगर अध्यक्ष विरेन्द्र चन्द्र, विद्यालयका प्रवन्ध निर्देशक लालमणि वसेल, सेयर सदस्य शाहना भण्डारी, अभिभावक बासुदेव महरा, विद्यार्थी अलवडीना रोका लगाएतकाले भनाइ राखेका थिए ।

कार्यक्रममा विद्यालयका प्रअ खुम केसीले विद्यालयले गरि रहेका गतिविधि तथा विद्यालयको अगामी योजनाका बारेमा जानकारी गराएका थिए । विद्यालयका सहयाक प्रअ हिरा विष्टको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक दिनेश न्यौपाले गरेका थिए । कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरु तथा विद्यालयले आयोजना गरेको बिभिन्न प्रतियोगीताका बिजेतालाइ पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृति प्रस्तुती प्रस्तुत राखेका थिए ।

मावि ढिकपुरको ६१ औं बार्षिको उत्सव
यसैबिच माद्यामिक विद्यालय ढिकपुरले पनि आफ्नो ६१ औँ वार्षिक उत्सव बिभिन्न कार्यक्रमका साथ मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम अधिकारीको सभापतित्व एवं घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीको प्रमुख आतित्थमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सामूदायीक बिद्यालयको शैक्षिक प्रगती दिनानुदिन खस्कँदो छ भन्ने आम नागरिकहरुबाट गुनासो आउने गरेको भन्दै त्यसलाई चिरेर अगाडी बढ्नुपर्ने बताएका थिए ।


साथै बक्ताहरुले सामुदायिक विद्यालयमा घट्दो बिद्यार्थीहरुको दरलाई विद्यालयमा झिकाउने, विद्यालयमा रहेका बिद्यार्थीलाई विद्यालयमै टिकाउने तथा विद्यालयबाट शिक्षा आर्जन गरेर निस्कीएका विद्यार्थीलाई समाजमा बिकाउने शिक्षा दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा नरदेवि मावि तेघराका प्रधानाध्यापक कमल खड्का, आधारभूत विद्यालय दुन्द्राका शिक्षक मिनराज पण्डित, प्रावि त्रिबेणीका शिक्षक पृथ्वी चौधरी, विद्यालयका पूर्व अध्यक्ष चेतबहादुर खड्का, पूर्व शिक्षक शोभाकर डाँगी, अभिभावक टेकबहादुर खड्कालगायतले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा वार्षिकउत्सवका अवसरमा आयोजित बिभिन्न कार्यक्रममा विजयी विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो भने बिद्यार्थीहरुले बिभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए । विद्यालयका प्रधानाध्यापक दिपक दाहालले विद्यालयको वार्षिक प्रतिवेदन तथा आगामी योजना प्रस्तुत गरेका थिए भने कार्यक्रमको सहजीकरण शिक्षक चुनप्रसाद खत्रीले गरेका थिए ।