दंगीशरणमा स्वास्थ्यकर्मिसङ्ग क्षयरोग सम्बन्धि समिक्षा

प्रमोद आचार्य 
दंगीशरण, ३० साउन । जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजना, किड्सको आर्थिक सहयोग तथा दंगीशरण गाउँपालिकाको सहजीकरणमा क्षयरोग कार्यक्रमको स्थानिय तहका स्वास्थ्यकर्मिसङ्ग समिक्षा तथा योजना तर्जुमा गोष्ठि दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
समिक्षा कार्यक्रममा क्षयरोग कार्यक्रमको दंगीशरण गाउँपालिकामा हालसम्मको अवस्था र क्षयरोग बिरामिहरुको ब्यबस्थापनमा दिएको योगदान बारेमा छलफल गरी आगामि दिनका साझा प्रयत्नहरुमा समझदारी कायम गर्न,साझेदार सस्था किड्सबाट सहयोग भएका क्षयरोग कार्यक्रमका क्रियाकलापहरुको समिक्षा गरी थप प्रभावकारी कार्यान्वयनका लागी साझा बुझाइ ल्याउने तथा पालिकाले आगामि आर्थिक वर्षमा क्षयरोग औलो र एचआइ भि कार्यक्रममा सहकार्य र सहयोग गर्ने लगायतको उदेश्य राखिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख डम्बर कुवरले बताउनुभयो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले क्षय रोग तथा एच आइभि एड्स जस्ता रोगहरुको उन्मुलनका लागी पालिकाले विशेष खालका कार्यक्रमहरु ल्याउन आवश्यक रहेको बताउनुभयो । स्वास्थ्य क्षेत्रमा गाउँपालिकामा लक्ष्य अनुरुप प्रगती हुन नसकेको प्रती दुख ब्यक्त गर्दै पालिका अध्यक्ष गिरीले आफ्नो पालिकामा स्वास्थ्यको अवस्था त्यसमा पनि क्षय रोगमा दंगीशरणको अवस्था झल्काइ दिएकोमा जिल्ला स्वास्थ्य कार्यालयलाइ धन्यवाद ब्यक्त समेत गर्नुभयो ।
गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले स्वास्थ्यका हरेक कार्यक्रमहरुको समिक्षा गर्न अपरीहार्यता रहेको बताउनुभयो । ग्रास लेबल देखीनै सबैजना सकृयताका साथ स्वयंसेवीका तथा स्वास्थ्यकर्मी लाग्नु पर्नेमा जोड दिनुभयो
यस्तै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डम्बर कुवरले सबै टिबिका बिरामिलाइ खोजतलास गरी टिबि रोगिको संख्यामा कमि ल्याउन स्वास्थ्यकर्मिहरु सक्रियताका साथ लाग्नु पर्ने सुझाब दिनुभयो । हरेक स्वास्थ्य सस्थाहरुले टिबि रोगिहरुको यकिन डाटा रीपोर्टीङ गरी टिबि रोगिहरुको संख्यामा कमि ल्याउन उत्कृष्ट भुमिका खेलीदिन आग्रह गर्नुभयो ।
समिक्षा कार्यक्रममा बिषय बस्तुमाथि प्रकाश ल्याब टेक्निसियन अधिकृत देबिलाल डाङ्गीले पार्नुभएको थियो । कार्यक्रममा वर्षभरीको प्रगती विवरण तथा क्षयरोग सम्बन्धि अवस्था तथा डाटा सम्बन्धि जानकारी किड्सकि सुशिला श्रीसले गराउनुभएको थियो । दंगीशरण स्वास्थ्य साखा प्रमुख राजेन्द्र हमालको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण दंगीशरण गाउँपालिकाका जन स्वास्थ्य निरीक्षक प्रदिप योगीले गर्नुभएकोथियो ।