राष्ट्रपतिको चुनाव : मतदान केन्द्र संसद भवनमा

काठमाडौं, ५ फागुन ।
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि मतदान केन्द्र र निर्वाचन अधिकृत तोकेको छ । आयोगले चुनावका लागि नयाँ बानेश्वरस्थित संसद भवनमा दुईवटा केन्द्र तोकेको छ ।

राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यका लागि एउटा केन्द्र र प्रदेशसभा सदस्यका लागि अर्को गरी दुईवटा केन्द्र तोकिएको आयोगले जनाएको छ । निर्वाचन अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई तोकिएको छ ।


नयाँबानेश्वरमा ८ फागुनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने आयोगले जनाएको छ । १३ फागुनमा राष्ट्रपतिका लागि उम्मेदवारी दर्ताको कार्यक्रम छ । राष्ट्रपतिको निर्वाचन २५ फागुनमा हुँदैछ ।