लजालु सर्प

सन्दीप वली
के तपाई कहिले लजाउनु भएको छ त? अवस्य पनि लजाउनु भएको होला, कसैले फोटो खिच्दिम भन्दा होस् वा कुनै नयाँ ठाउँ, नयाँ मानिस, संग परिचित हुंदा होस् वा त अन्जानमै कहिले काम बिग्रिदा, अरुले थाहा पाए पश्चात मुख रातो भएर आफ्नो दुवै हत्केलाले आनुहर छोप्नु त पक्कै भयोहोला। हो मैले हजुरहरुको त्येही लाजको कुरा गरेको।

लाज भनेको व्यक्तिको मनोवैज्ञानिक अनुभूति हो, आफूले गरेका क्रियाकलाप, शब्द, व्यवहार वा परिस्थितिका कारणले उत्पन्न हुने आत्म-जागरुकता वा ग्लानीको भाव हो, जुन आफ्नो सामाजिक वा व्यक्तिगत प्रतिष्ठा घट्छकी बन्ने डरले उत्पन्न हुन्छ।


तस्बीर: १ सर्पको

सर्प सरीसृप वर्गमा पर्ने, खुट्टा नहुने, लामो शरीर भएको र घस्रेर हिड्ने प्राणी हुन्। यिनीहरू प्रायः मांसाहारी हुन्छन् र मुसा, भ्यागुता, चराका अण्डा, र साना जनावर खाएर जैविक सन्तुलन कायम राख्छन्। यिनीहरु बिसेस गरी जंगल, झाडी, मरुभूमि, खेतीयोग्य जमिन, र पानी भएको क्षेत्रमा पाउछन। प्रतिकूल वातावरण, प्रयाप्त मात्रामा आहारा नहुने र धेरै चिसो ठाउँ जस्तै: उच्च हिमाली क्षेत्र, ध्रुवीय क्षेत्र, र अन्टार्कटिकामा यिनीहरु पाउदैनन्।

सर्प छुट्याउने मुख्य आधार भनेको, यसको विशिष्ट रंग, शारीरिक बनावट, कत्ला, टाउकोको आकार, आँखा, टोकाइको लक्षण वा दाग आदी हुन्। विश्वभर करिब ४,१७७ भन्दा बढी प्रजातिका सर्पहरू पाइन्छन्। सर्प बिग्य अनुसार, नेपालमा हालसम्म ८९ प्रजातिका सर्पहरू अभिलेख गरिएको छ। तिनीलाई दुई मुख्य समूहमा विभाजन गरिएको छ, विषालु सर्प जस्तै राज गोमन, फेटारे, सेतिनाग, गराइच, हरियो कानो आदी र अविषालु सर्प जस्तै धामन, श्रीन्गारे, हरहरे, चिचिंड़े, अजिङ्गर, पानी सर्प आदी।

सर्पहरु विषेस तया मौसम, तापक्रम, र आहारा अवलोकन गरी सक्रिय हुने गर्छन्। यिनीहरु सामान्यतया दुई किसिमका हुन्छन्, दिनको समयमा सक्रियहुने दिवाचर जस्तै राज गोमन, फेटारे, धामन, पानी सर्प आदी र रातको समयमा सक्रियहुने रत्रिचर जस्तै चिचिंड़े, हरियो कानो, गराइच, बाघे सर्प आदी। यिनीहरु दुई बेग्लाबेग्लै समयमा सक्रिय हुनुको कारण चाहिँ, तिनको प्रजातिगत विशेषता, शिकारको उपलब्धता, आपसी दोन्द न्यूनीकरण, र आत्म-सुरक्षाको रणनीतिमा निर्भर हुन्छ।

तस्बीर: २, जिब्रो निकालेको सर्प


सर्पहरुले आफ्नो वरपर के भइरहेको छ भनेर बुज्नका लागि आफ्नो जिब्रोको सहायता लिने गर्दछन र उक्त कुरा थाहा पाइसके पश्चात आफुले खान सक्ने सानो आकारको प्राणी भए त्येसको नजिक जान्छन भने आफ्नो आहारा भन्दा ठुलो आकारको जीव वा प्राणी देख्दा डराउने गर्दछन् र त्यस प्राणी देखि टाढानै भाग्ने प्रयास गर्छन्। अब हजुरहरुको मनमा लागेको होलाकी सर्पजस्तो जीवले पनि येस्तो वेवहार किन देखाउछ होला भनेर? येस्तो प्रश्न मनमा उठ्नु सोभाभिक हो, अब यस्तो किन हुन्छ भन्ने कुरा तर्फ लागौ।

सर्पहरुको प्राकृतिक स्वभावनै एकान्त र शान्त ठाउँमा बस्न रुचाउने हो। आफ्नो आहारा भन्दा ठुलो आकारको जीव, प्राणी वा मानिस देख्न साथ् आक्रमणभन्दा पहिला शान्त ठाउँ जस्तै झाडी, दुलो आदी तिर जान खोज्छन्। भाग्ने वा आफु बच्ने प्रयास गर्दा गर्दै पनि कदम कदाचित् उस्लाई खतराको महसुस भयो भने सर्पले फुँक मार्ने, फण उठाउने, आवाज निकाल्ने, रक्षात्मक मुद्रामा बस्ने वा आक्रमणको नाटक गरे जस्तो गर्छन्, धेरै नजिक वा उत्तेजित भएमा टोक्न वा डस्न पनि सक्छन्।

कालिनाग, गोमन, श्रीन्गारे, धामन,अजिंगर, बाघे सर्प आदिले मानिस लगाएत अन्ने ठूला प्राणी संग जम्का भेट भए पश्चात आत्मरक्षाका लागि उनीहरुले फुँक मार्ने, फण उठाउने, आवाज निकाल्ने, रक्षात्मक मुद्रामा बस्ने जस्ता क्रियाकलाप देखाउछन् भने, करेत प्रजातिका सर्पको क्रियाकलाप अल्ली भिन्न नै हुन्छ।

यी प्रजातिका सर्पहरुले, भाग्ने शान्त ठाउँ नपाए पश्चात आत्मरक्षाका लागि आफ्नो टाउको आफ्नै सरिर मुनि लुकाएर बस्छन्, यस्तो व्यवहारले उनीहरुलाई सुरक्षित भएको महसुस गराउछ। सर्प मात्र नभई, पृथ्वीका धेरै प्राणीहरूको आत्मरक्षाका लागि गर्ने क्रियाकलाप उस्तै हुन्छ र तिनीहरूले आफ्नो अस्तित्व सुरक्षित राख्न विभिन्न तरिकाहरू अपनाउँछन्। यसले सबै जीवहरूमा अस्तित्वको लागि अनुकूलन र आत्मरक्षाको महत्त्वपूर्ण भूमिका झल्काउँछ।

तस्बीर: ३, करेत सर्पले टाउको लुकाएको

सर्पहरुको पहिलो डरको प्रतिक्रिया भनेको आत्मरक्षानै हो, जस कारणले गर्दा उनीहरु सक्भर शान्त ठाउँतिर जान खोज्छन्, यदी उक्त ठाउँ नपाए पश्चात मात्र रक्षात्मक मुद्रामा बस्छन्। उक्त व्यवहार उनीहरुको जीवन रक्षा गर्ने प्राकृतिक रणनीति हो, जस्ले गर्दा खतराबाट बच्न र आफ्नो अस्तित्वलाई सुनिश्चित गर्न सघाउँछ। सर्पमा “लाज” भन्नाले आत्म-सुरक्षाको स्वाभाव बुझिन्छ, जुन तिनीहरूको मस्तिष्कको स्वाभाविक प्रतिक्रियाबाट उत्पन्न हुन्छ।

सर्पहरु प्रकृतिमा जैविक सन्तुलन कायम राख्नका लागि महत्वपूर्ण भूमिका खेल्ने प्राणी हुन्। यिनीहरुले शिकार र शिकारीको जैविक खाद्य श्रृंखला मिलाउन सघाउँछन्। मुसा र अन्य बाली नाश गर्ने प्राणीको संख्या नियन्त्रण गरेर किसानलाई ठूलो सहयोग पुर्‍याउँनुका साथै हाम्रो बर्सेनि लाखौं धनजनको समेत रक्षा गरेका हुन्छन्। विषालु सर्पको विष बाट बिभिन्न औषधि बनाउन प्रयोग हुनुका साथै वैज्ञानिक अनुसन्धानका लागि अमूल्य स्रोत पनि मानिन्छ। सर्पको महत्वबारे जनचेतना फैलाउने, तिनका वासस्थानलाई जोगाउने, र मानव-सर्प द्वन्द्व न्यूनीकरण गर्ने कार्यले मात्र यिनको अस्तित्व सुरक्षित रहन सक्छ। सर्पहरूको संरक्षणले हाम्रो पारिस्थितिक प्रणालीलाई सुदृढ बनाउने साथै प्रकृतिको दीर्घकालीन सन्तुलन कायम राख्न पनि मद्दत गर्दछ। लेखक  वली प्राणी शास्त्रका विद्यार्थी हुन्