तुलसीपुर
१ फागुन / जनयुद्ध दिवसको अवसरमा तुलसीपुरमा फलफूल वितरण गरिएको छ ।
सोमबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेका विरामीहरुलाई फलफूल वितरण गरिएको हो । माओवादी केन्द्र तुलसीपुर र वाईसिएल दाङको आयोजनामा फलफूल वितरण गरिएको हो । साथै अस्पताल वरपर सरसफाई गरिएको थियो भने विरुवा पनि रोपिएको थियो ।
त्यस अवसरमा प्रमुख अतिथि पार्टीका केन्द्रीय सल्लाहकार समिति सदस्य शेसुराम भण्डारीले जनयुद्धको बलमा मुलुकमा यो परिबर्तन आएको भन्दै यसलाई संरक्षण गर्न आबश्यक रहेको बताए ।
त्यस अवसरमा अस्पतालका निमित्त मेसु डा.ओम अर्याल, पार्टीका तुलसीपुर नगर इन्चार्ज प्रेमराज वली, प्रदेश कमिटि सदस्य विष्णु थापा,प्रविन वली, नगर सचिब तुलाराम भण्डारीलगायतको सहभागिता रहेको थियो ।
लाइभदाङ । १ फाल्गुन २०७९, सोमबार १६:०० बजे