दाङमा करिब १४ हजार हेक्टर बढि धानमा क्षति

तुलसीपुर
४ कात्तिक / दाङमा बेमौसमी बर्षादले गर्दा करिब १४ हजार हेक्टर बढि क्षेत्रफलको धान पूर्ण रुपमा क्षति भएको छ । कृषि ज्ञान केन्द्रले विहीबार गरेको अनुगमनका क्रममा करिब १४ हजार दुईसय बढि क्षेत्रफलमा लगाएको धान पूर्ण रुपमा क्षति भएको छ ।

निमित्त प्रमुख रुद्रमणी पौडेलसहितको टोलीले गरेको अनुगमनका क्रममा भित्र्याउनकालागि काटेर राखेको २ सय हेक्टरको धान बगाएको छ । त्यस्तै त्यस्तै ८ हजार ५ सय हेक्टरको काटिसकेको धान डुवाएको छ, भने ५५ सय हेक्टर क्षेत्रफलको धान ढलेको छ । यस प्रारम्भिक विवरण भएको र यो तथ्यांक बढ्न सक्ने प्रमुख पौडेलको भनाई छ । अहिले किसानको खेतमा लगत संकलनको कार्य भइरहेको उनको भनाई छ । दाङमा यस बर्ष ३९ हजार हेक्टर क्षेत्रफलमा धान खेति भएको थियो ।


सरकारले ढलेको धान भरि सरकारले लिएर त्यस बराबरकोे क्षतिपूर्ति दिनुपर्ने कृषि हरित स्वयंसेवक दाङका अध्यक्ष रामचन्द्र खड्काले बताउनुभयो । अहिले डुबेर कुहिएको धानलाई सरकारले लिएर दाना बनाउन सक्ने उनको भनाई छ । त्यस्तै बाँकी रहेको धान तत्काल भित्र्याउन पनि सरकारले पहल लिनुपर्ने उहाको भनाई थियो । असोज ३१ गतेदेखिको नियमित बर्षादले दाङमा धान खेतिमा ठूलो क्षति पु¥याएको थियो ।
यसैबीच लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला ओलीले शान्तिनगर र दंगीशरण क्षेत्रमा भएको क्षतिको अवलोकन गर्नुभएको छ ।