विवादका बीच हरीपौरी माविको अध्यक्षमा अधिकारी, अध्यक्ष आफैले उठाए माइन्यूट

तुलसीपुर,२७ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ स्थित हरिपौरी माध्यामिक विद्यालयको अध्यक्षमा एमालेका खगेन्द्र अधिकारीलाई चयन गरिएको छ । विवादकाबीच विद्यालय ब्यबस्थापन समिति चयन गरिएको हो ।

९ जना प्रतिनिधि मध्ये पाँच जनाले हस्ताक्षर गरेर अध्यक्ष चयन गरिएको छ । सदस्य सचिबमा माइन्यूट उठाउनु पर्नेमा नबनिर्वाचित अध्यक्ष अधिकारी आफैले माइन्यूट उठाएर आफैलाई अध्यक्ष निर्वाचित घोषणा गरेको भन्दै अर्का प्रतिनिधि तथा निवर्तमान अध्यक्ष शम्भु रेग्मीले असहमति जनाएका छन् । सदस्य सचिब विद्यालयका प्रधानाध्यापक रहने ब्यबस्था छ ।

सोही अनुसार विद्यालयका प्रधानाध्यापक रुद्र डाँगीले माइन्यूट उठाउनु पर्ने हो । तर, एमालेका प्रतिनिधि अधिकारीले आफै माइन्यूट उठाएर आफैलाई अध्यक्ष चयन गरेपछि आपत्ति जनाएको निवर्तमान अध्यक्ष तथा माओवादी केन्द्रबाट गएका प्रतिनिधि रेग्मीले बताए । काँग्रेस,एमाले, विप्लवका प्रतिनिधिले समर्थन गरेर अधिकारीलाई अध्यक्ष बनाएका हुन् ।


९ जना प्रतिनिधिमध्ये काँग्रेसका लक्ष्मी चौधरी, विप्लवका सीता वली, एमालेका शिला दाहाल, काँग्रेसका कुसुम आचार्यले समर्थन गरेपछि अधिकारी अध्यक्ष बनेका हुन् । त्यसको यसको विपक्षमा निवर्तमान अध्यक्ष रेग्मीसहित सदस्य सचिब डाँगी, वडाध्यक्ष खुसीराम चौधरी, शिक्षक प्रतिनिधि मानबहादुर डाँगी थिए । उनीहरुले रेग्मीलाई नै पुनः अध्यक्ष बनाउनु पर्ने अडान लिएका थिए ।

अधिकारीलाई अध्यक्ष निर्वाचित गरेपछि रेग्मीले माइन्यूटमा असहमति दर्ज गर्न खोजेका थिए । तर, अधिकारीले असहमति दर्ज गर्न नदिएपछि उनी आक्रोसित बनेका थिए । विद्यालयका ३०० भन्दा बढि अभिभावक मध्ये एकको हाराहारीमा मात्रै अभिभावक सहभागि थिए ।

आज प्रतिनिधि चुनिएको भएपनि कही दिन राजनीतिक सहमति गरेर जाने गरि तयारी गरिएको वडाध्यक्ष खुसीराम चौधरीले बताए । रेग्मीले पनि राजनीतिक सहमतिकालागि समय मागेको भएपनि नदिएको गुनासो समेत गरे । त्यस्तै केही गैर अभिभावक रहेका छन् । सिला दाहाल र कुसुम आचार्य गैर अभिभावक रहेको निवर्तमान अध्यक्ष रेग्मीले बताए ।