जिप र बस एक आपसमा ठोक्किदा १४ जना घाईते

दाङ, २७ माघ ।
दाङमा जिप र बस एक आपसमा ठोक्किदा १४ जना घाईते भएका छन् । दाङ–सुर्खेत सडकखण्ड अन्तगर्त दाङको बबई गाउँपालिका वडा नम्बर २ बिसौनी डाँडामा भएको दुर्घटनामा ८ महिलासहित १४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सल्यानका कालीमाटि गाउँपालिका–३ का ४० वर्षिय मंगल बुढाथोकी, सोहि ठाउँका ३३ वर्षिय मिना पुन, २४ वर्षका जुनु सारु, ४० वर्षकी ससीकला थापा, सोही ठाउँका जिप चालक चन्द्र बहादुर बिक घाइते भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।

यस्तै सल्यानको कालीमाटी गाउँपालिका वडा नम्बर ३ कै ३६ वर्षका मन्जु थापा, सोहि ठाउँकै १३ वर्षिय हिमा थापा, बर्ष ४० का देउकली सरा थापा,३३ वर्षिय डिल्लीराज थापा गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।


यस्तै सोहि ठाउँकै २२ वर्षिय रुप्सी थापा, उहाँको ५ वर्षिय छोरा केबिन थापा, ३६ वर्षिय होतीसरा रुचाल, ४४ वर्षिय भिम बहादुर बिक र बस चालक ३८ वर्षिय चुडामणी बिक घाइते हुनुभएको छ । घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

सल्यानको कालीमाटीबाट दाङको तुलसीपुर तर्फ आउदै गरेको लु १ ज ११७१ नम्बरको जिप र विपरित दिशाबाट जादै गरेको ना ४ ख ६१५९ नम्बरको बस एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।