दश दिने सावुन बनाउने तालिम सम्पन्न

तुलसीपुर
११ फागुन / दाङको तुलसीपुरमा १० दिने सावुन बनाउने तालिम सकिएको छ ।

कार्यपालिका सदस्य डिला परियारको पहलमा तुलसीपर उपमहानगरपालिकाको आर्थिक सहयोग तथा सामाजिक रुपान्तरण तथा जागरण केन्द्रको आर्थिक सहयोगमा उक्त तालिम सुरु भएको हो ।


तालिममा सबै वडाका नागरिकको सहभागिता थियो । तालिम बनाउन सिकेपछि उनीहरु खुसी भएका थिए । अब साबुन निर्माणकालागि कच्चा पदार्थ आपूर्तिमा पनि सहयोग गर्नुपर्ने सहभागिहरुको भनाई थियो । तालिमको संस्थाका अध्यक्ष चुर्ण सुनारको अध्यक्षता तथा कार्यपालिका सदस्य डिला परियारको प्रमुख आतिथ्य एवं कार्यपालिका सदस्य जानका रेग्मीको बिशिष्ट आतिथ्यमा भएको थियो ।

तालिम समापन कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक सन्तोष चनाराले गरेका थिए । तालिमको बुधबार समापन गरिएको हो ।