
मसुरिया, २७ वैशाख ।
दाङको राप्ती गाउँपालिकामा ४६३औँ स्काउट तालिममा दीक्षित नवदीक्षित स्काउट मास्टरहरूलाई लक्षित गरी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा विद्यालयस्तरमा स्काउट अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तरिका, स्काउट समिति गठन, समूह विभाजन, स्काउट नियमावली तथा ऐन, पोसाक र ब्याच निर्देशिका, वार्षिक कार्ययोजना निर्माण लगायतका विषयमा जानकारी प्रदान गरिएको प्रमुख आयुक्त छबिलाल कडेलले जानकारी दिनुभयो ।
साथै प्रदेशस्तरमा निकट भविष्यमा आयोजना हुने स्काउट क्याम्पमा सहजीकरण तथा सहभागिताका विषयमा समेत अभिमुखीकरण गरिएको प्रमुख आयुक्त कडेलले बताउनुभयो।
कार्यक्रमको प्रमुख आयुक्त छबिलाल कडेल, स्काउट मास्टर ध्रुव मल्ल तथा सशिकपुर कार्कीले गर्नुभएको थियो।
कार्यक्रममा २१ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।



लाइभदाङ । २७ बैशाख २०८३, आईतवार २१:२७ बजे