बच्चा जन्माएर झाडीमा !

तुलसीपुर,२२ माघ ।
तुलसीपुरमा बच्चा जन्माएर झाडीमा फालिएको अबस्थामा फेला परेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित नवदुर्गा सामुदायिक वनमा जन्माएर फालिएका शिशुको शव फेला परेको प्रहरीले बताएको छ ।

आईतबार दिउँसो ४ बजे तिर स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।


शिशुको शवलाई राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । बच्चालाई साल नालसहित फालिएको छ ।

बच्चा कसले फाल्यो, किन फाल्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।