तुलसीपुर,२१ माघ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको माथिल्लो हलवार टोल बिकास सस्थाको चौथो बार्षिक साधारणसभा तथा दोस्रो अधिबेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बसन्त पुन मगरको अध्यक्षता एबम तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य लक्ष्मण बिश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
सो अबसरमा बोल्दै प्रमुख अतिथि बिश्वकर्माले टोल बिकास सस्थाहरुको नेतृत्व क्षमताको बिकास गर्नुपर्ने बताउनु भयो । टोल बिकास सस्थाले बस्ति स्तरमा हुने बिकास देखि सामाजिक ,आर्थिक बिकासका लागि समेत महत्त्वपूर्ण भुमिका हुने भन्दै उहाले टोल बिकास सस्थालाई थप प्रभाबकारी बनाउन नेतृत्वकर्ताहरुको क्षमता अभिबृद्दि गर्न आवश्यक भएको बताउनु भयो । साथै टोलमा भएका हरेक समस्याको पहिचान गरि सम्बन्धित निकायमा पहलगर्नुपर्ने दायित्व पनि टोल बिकास सस्थाको भएको उहाले बताउनु भयो ।
टोल बिकास सस्थामा कुनै राजनीतिक पुर्बाग्राहि नराखि समाज र बस्तिको बिकासका लागि सबै टोलबासिहरु एकजुट हुनुपर्नेमा उहाले जोड दिनुभयो । उहाले टोलमा सडकबाटो ग्राभेल ,खानेपानी ,सिचाइ र विद्युतको समस्या भएको भन्दै यसका लागि उपमहानगरपालिकामा पहल गर्ने बताउनु भयो । सस्थाका सदस्य हरि खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सस्थाका निबर्तमान सचिब गणेश बस्नेत,बर्तमान सदस्य शङ्कर चौधरी ,धनराज बुढाथोकी ,शुसिल रोका,पत्रकार बसन्त पौडेल ,टोल बासि कमला घर्ति लगाएतले बोल्नु भएको थियोे ।
सो अबसरमा सस्थाका सचिब कृष्ण बस्नेतले सङगठनिक र कोषाध्यक्ष उर्मिला दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै कार्यक्रममा टोलमा बसोबास गर्ने सहयोगदाता हरि खड्का ,ओज बहादुर राना,प्लस टु पास गर्ने भिम पौडेल , ७० बर्ष माथिका जेष्ठनागरिक केशवराज आचार्य लगाएतलाई सम्मान गरिएको थियो भने कार्यक्रमको सहजीकरण सचिब कृष्ण बस्नेतले गर्नु भएको थियो । सस्थाको बन्दसत्रले आगामि नयाँ नेतृत्व चयन गर्नेछ ।
लाइभदाङ । २१ माघ २०७९, शनिबार १८:३४ बजे