टावर निर्माण स्थलको अध्यक्ष बस्नेत द्वारा अनुगमन

निराश पान्डे
शान्तिनगर, १९ जेठ ।

शान्तिनगर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रमोद बस्नेतले शान्तिनगर वडा नम्बर ३ बिच गनारी स्थित निर्माण हुन लागेको नेपाल टेलिकम टावरको आज अनुगमन गर्नु भएको छ। आफुले निर्वाचनका बेला पहिलो प्राथमिकता टावर निर्माण गर्नेमा हुनेछ भनेका थिए । त्यो अहिले पूरा हुदैछ।आफुले चुनाव जितेर आइ सके पछि तत्कालै टावर निर्माणको कामलाई प्राथमिकतामा राखेर अगाडि बढाएको बताउनु भयो ।


काम बुधबार देखि सुरु भएको छ । अब असार मसान्त भित्र काम सकिन्छ । यस भेगका जनताहरुका लागि फोन नलाग्ने समस्याको समाधान हुने छ, अध्यक्ष बस्नेतले भन्नू भयो। टावरलाई थ्री फेज विद्युतको आवश्यक पर्छ । त्यो पनि तत्कालै उपलब्ध हुन्छ र टावर साउनसम्म संचालनमा आउने छ, अध्यक्ष बस्नेतले बताउनु भयो। उता नेपाल टेलिकम फोरजी प्रोजेक्ट मध्यपश्चिम उपप्रबन्धक प्रेम क्षेत्रीले शान्तिनगर गाउँपालिकामा दुई वटा टावर निर्माण गर्न लागिएको र जस अन्तर्गत शान्तिनगरको ३ र २ नम्बर वडा त्यसै गरि दंगीशरण गाउँपालिका वडा नम्बर ६ सिंठानामा पनि टावर निर्माण कार्यलाई अगाडि बढाइएको बताउनु भएको छ।

साथै उपप्रबन्धक क्षेत्रीले भारतिय आर एस इन्फ्रा कम्पनीले उक्त निर्माण कार्यको ठेक्का लगेको बताउदै समयमै काम सम्पन्न गर्ने कुरामा आफू बिस्वस्त रहेको बताउनु भएको छ। शान्तिनगरको टावरको उचाइ २५ मिटर को हुनेछ, भने शान्तिनगर वडा नम्बर दुई र दंगीशरण–६ मा निर्माण हुन लागेको टावरको उचाइ ३५ मिटरको हुने उहाँले बताउनु भयो। नेपाल टेलिकम ८१ः४८ सरकारी साझेदारीको साथ सरकारी स्वामित्वमा रहेको दुरसंचार सेवा प्रदायक यसको स्थापना २०६२ सालमा नेपाल दुरसंचार संस्थानको रूपमा भएता पनि २०६० माघ २२ गते नेपाल दुरसंचार कम्पनीको रूपमा दर्ता भएको हो, भने २०६१ साल देखि यसलाई नेपाल टेलिकम भन्न थालिएको हो। यता शान्तिनगर–४ निवासी बयो बृद्ध पिताम्बर कंडेलले अध्यक्ष बस्नेतको कामको प्रसंशा गर्नु भएको छ।