दाङमा नाम ठेगाना नखुलेका एक पुरुष मृत फेला

तुलसीपुर, १५ माघ ।
दाङको शान्तीनगर गाउँपालिका -७ खैरेनीस्थित राधा कृष्ण सामुदायिक वनमा एक जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । आइतबार सवा ३ बजेतिर नाम ठेगाना नखुलेका अन्दाजी ४५/४६ वर्षिय पुरुष झुण्डीएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी दिए ।


प्रवक्ता केसीका अनुसार मधेसी मुलकको जस्तो देखिने पुरुष मृत फेला परेका हुन् । उनको दुवै आँखा (कसैले खाएको जस्तो देखिने) समेत नरहेको प्रहरीले बताएको छ । मृतको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । साथै घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।