
तुलसीपुर,१ माघ । नेपाली काँग्रेस दाङका सभापति शंकर डाँगीले अहिले आफू कुनै पनि पक्षमा नरहेको बताएका छन् । उनले आफू जता चारतारे झण्डा, रुख चिन्ह हुन्छ, उतै तिर लाग्ने समेत बताए ।
“काँग्रेसको आधिकारिकता कता हुन्छ, हामी त्यतै हो, जता चारतारे झण्डा र रुख हुन्छ, हामी त्यही हुन्छौं”,उनले भने ।
अहिले केन्द्रमा गगन थापा पक्षले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेको छ । थापा नै त्यसको सभापति भएका छन । काँग्रेसमा विशेष महाधिवेशन भएपछि दुई धार भएको छ ।



लाइभदाङ । २ माघ २०८२, बिहीबार २१:३५ बजे