दाङमा डीसीएमसीको अनुमति लिएर विद्यालय सञ्चालन गर्न सकिने

तुलसीपुर
१९ भदौ / दाङमा जिल्ला कोभिड शंकट व्यबस्थापन केन्द्र(डीसीएमसी)को अनुमति लिएर विद्यालय सञ्चालन गर्न पाईने भएको छ । स्थानीय तहहरुले स्वास्थ तथा सुरक्षाको मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्नुपर्ने भएमा डीसीएमसीको अनुमति लिनुपर्ने दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले बताए ।

उनका अनुसार शुक्रबार बसेको डीसीएमसीको बैठकले नेपाल सरकारको स्मार्ट लकडाउन प्राबधान भित्र रही विद्यालय सञ्चालन गर्ने समेत निर्णय भएको हो । दाङको शान्तिनगर गाउँपालिकाले आगामी हप्तादेखि र तुलसीपुर उपमहानगरपालिकाले तिज पछि विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छन् ।

बैठकले चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने, सर्वसाधारण, व्यक्ती, सार्वजनिक÷निजि संघसंस्था, व्यबसायिक फर्मलगायतबाट सञ्चालन हुने सबै किसिमका कार्यहरु सरकारले तोकेको मापदण्ड अनुसार गर्नुपर्ने, सभा, भिडभाड, जुलुस, जात्रा, महोत्सव नगर्ने निर्णयलाई निरन्तरता दिएको छ ।


त्यस्तै लक्षण देखिएका तथा संक्रमितको सम्पर्कमा रहेका व्यक्तीहरुले एन्टिजेन तथा पीसीआर परीक्षणकालागि सम्बन्धित स्थानीय तह र अस्पतालमा सम्पर्क गरी परीक्षण गराउने, कोरोनाबाट मृत्यु भएकाहरुको स्वास्थ्य कार्यालयबाट प्रक्रिया पुगि पेश भएका व्यक्तीहरुलाई प्रदेश सरकार स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय मुकाम वुटवलबाट प्राप्त हुने एक लाख राहात उपलब्ध गराउन सिफारिश गरि पठाउने र बाँकी मृतकहरुको सम्बन्धमा प्रक्रिया पुगि स्वास्थ्य कार्यालयमा पेश भए पश्चात राहत रकम उपलब्ध गराउनकालागि सिफारिस गरी पठाउने निर्णय भएको छ ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'