राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन बर्ष भित्र चारसय सैयाको पूर्वाधार बन्ने

दाङ
१८ भदौ / दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन बर्ष भित्र चारसय सैयाको अस्पतालकालागि पूर्वाधार निर्माण गरिने भएको छ । प्रतिष्ठानको शुक्रबार बसेको चौथो सभा बैठकले आर्थिक बर्ष २०८१/०८२ भित्र चासय सैयाको अस्पतालको पूर्वाधार विकास गर्नुकासाथै स्वास्थ्य विज्ञानको उच्च स्तरीय अध्ययन र अनुसन्धानको व्यबस्था गर्ने समेत निर्णय भएको प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले जानकारी दिए ।

उनले शुक्रबार एक विज्ञप्ति जारी गरी मुलुकलाई दक्ष जनशक्ति उत्पादन गर्न तथा स्वास्थ्य सेवामा सर्वसाधारण जनतालाई सहज, शुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने गरि प्रतिष्ठानले तयार गरेको कार्यायोजनालाई स्वीकृति गर्ने निर्णय भएको जानकारी दिए । त्यस्तै प्रतिष्ठान ऐन, २०७४ को दफा ८(ख) को प्रवधान वमोजिम आर्थिक बर्ष २०७७/०७८ को बार्षिक बजेट तथा कार्यक्रम, महालेखा परीक्षणको कार्यालयले पेश गरेको ५७ औं र ५८ औं प्रतिवेदन समेत पारीत गरिएको हो ।

साथै प्रतिष्ठानले लोकसेवा आयोगसंग समन्वय गरी तयार गरेको ‘शिक्षक तथा कर्मचारीहरु सेवा शर्त नियमावली, २०७८’लाई सभाबाट स्वीकृत गरी आगामी दिनमा रिक्त दरवन्दीहरुको लोकसेवा आयोगसंग समन्वय गरी पदपूर्ति गर्दै जाने विषय समेत सहज भएको पुनले विज्ञप्तिमा लेखेका छन् ।


त्यस अवसरमा प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति शेरबहादुर देउवाले आबश्यक विकास र विस्तारकालागि सरकारी स्तरबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'