माओवादी केन्द्रले सोध्यो ‘तीन किलोमिटर सडक कालोपत्रे नहुँनुको कारण’

तुलसीपुर
१८ भदौ / दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ को कामप्रति माओवादी केन्द्रले गम्भीर आपत्ति जनाएको छ । माओवादी केन्द्र तुलसीपुर १३ को शुक्रबारको बैठकले गम्भीर आपत्ति जनाउँदै वडाको विकासमा खट्न अनुरोध गरेको हो ।

पार्टीका वडाध्यक्ष देवबहादुर विकको अध्यक्षतामा बसेको बैठकले राप्ती राजमार्ग देखि पनालीबोटको बाटो मर्मत गर्ने, निर्माणाधिन अबस्थामा रहेर अलपत्र अबस्थाको रनियापुर, बराहखुट्टी खानेपानी योजनाका बारेमा ध्यान नपुगेको, पोल गाडिएका ठाउँमा विद्युत विस्तार गर्ने, गएको आर्थिक बर्ष २०७७/०७८ मा वडा कार्यालयको बजेट तथा प्रदेशबाट प्राप्त अनुदानबाट खरिद गरिएका सिंचाई, मोटर पाईप न्यायोचित तरिकाले वितरण गर्नुपर्ने, विकास निर्माण गर्दा प्रभाबकारी अनुगमन गर्नुपर्ने, गत बर्ष ३ किलोमिटर बाटो कालोपत्र नहुनुको कारण के, खरका छाना भएका घरको अध्ययन गरी जस्ता पाताको व्यबस्थ गर्ने, अबिरल बर्षाका कारण पूर्ण रुपले क्षति भएका घरको स्थलगत अध्ययन गरि राहतको व्यबस्था मिलाउन ध्यानाकर्षण गरेको छ ।


May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'