घोराहीमा ब्राउन सुगरसहित दुई पक्राउ

दाङ, ४ माघ ।
दाङको घोराहीमा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ परेका मध्य एक भारतीय नागरिक हुन ।

भारतको उत्तरप्रदेश जिल्ला बहराइच चकियारोड रुपैडिहाका ५२ बर्षीय समसुल र बाँकेको कोहलपुर नगरपालिका वडा नं. २ का ३६ बर्षीय उमंगबहादुर शाहीलाई पक्राउ परेका छन् ।

बुधबार प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको छ । मंगलबार दिउँसो तुलसीपुर–घोराही सडक खण्ड अन्तरगत घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रा चोकबाट उनीहरुलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले जानकारी दिए ।


उनीहरुको साथबाट ३७ ग्राम २९ मिली ग्राम ब्राउन सुगर बरामद भएको डिएसपी गौतमले बताए । उनीहरु दुबै जनाले बिगतमा पनि ब्राउन सुगरको कारोवार गर्दै आएको खुलेको डिएसपी गौतमले जानकारी दिए ।

प्रहरीले पक्राउ परेका दुबै जना बिरुद्ध लागु औषध सम्बन्धी मुद्दा चलाएर अनुसन्धान अगाडि बढाएको छ ।