४२ बर्षमा ४३ औं पटक रक्तदान

तुलसीपुर
१८ भदौ / सामाजिक क्षेत्रमा क्रियाशिल भिमलाल मरासिनीले ४२ बर्षमा ४३ औं पटक रक्तदान गरेका छन् ।

उनले प्रत्येक जन्मदिनमा रक्तदान गर्ने गर्छन्, भने अन्य आबश्यक परेको खण्डमा पनि रक्तदान गर्छन् । रेडक्रस दाङमा आबद्ध मरासिनीले रक्तदान नै जीवनदान भएकाले सबैले आफ्नो खेर जाने रगत दान गर्नुपर्ने बताए ।


उनी शिक्षा तथा सञ्चार क्षेत्रमा पनि क्रियाशिल व्यक्ती हुन् ।