तुलसीपुर
१० असोज / नेकपा माओवादी केन्द्रले दाङ क्षेत्र नं.३(क)मा प्रशिक्षण गर्ने भएको छ ।
उक्त क्षेत्रका अगुवा नेता तथा कार्यकर्ता, भातृसंगठन, सुभेच्छुक तथा पेशागत संगठन, जनबर्गीय संगठनलगायतलाई प्रशिक्षण दिने भएको हो । उक्त प्रशिक्षण कार्यक्रम असोज १३ गते हुने छ ।
तुलसीपुर उद्योग बाणिज्य संघको बजार स्थित हलमा प्रशिक्षण हुने छ । त्यसकालागि तयारी भइसकेको छ, उपस्थितकालागि सम्पूर्णमा अनुरोध समेत गरिएको छ ।
विहान ११ बजेदेखि जिल्ला स्थित केन्द्रीय नेताको सहभागितामा प्रशिक्षण हुने भएको हो ।
लाइभदाङ । १० आश्विन २०७९, सोमबार २२:०३ बजे