लुम्बिनी : सभामुख र उपसभामुखकाे निर्वाचन माघ ३ मा

दाङ,२९ पुस । लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखकाे निर्वाचन माघ ३ गते हुने भएकाे छ । प्रदेशसभा सचिबालयले सूचना जारी गरि प्रदेशसभाकाे पहिलाे अधिवेशनकाे तेस्राे बैठकमा सभामुख र उपसभामुख निर्वाचन हुन लागेकाे हाे ।


नेपालकाे संविधान धारा १८२ काे उपधारा र लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ काे नियम ७ बमाेजिम सभामुख र उपसभामुखकाे निर्वाचन हुन लागेकाे हाे ।
त्यसकालागि पुस २ गते दिउसाे १ बजेदेखि ५ बजेसम्म लुम्बिनी प्रदेशसभाकाे सभामुख र उपसभामुख पदकालागि उम्मेदवारी दर्ताकाे समय ताेकिएकाे छ । साेही दिन साढे ५ बजे उम्मेदवारहरूकाे सूची प्रकाशन गरिने छ ।
त्यसपछि माघ ३ गते दिउसाे १ बजे निर्वाचन हुनेछ ।