शान्तिनगरमा अटो र मिक्चर ठोक्किदा ७ जना घाइते

तुलसीपुर, २५ चैत । दाङमा अटो रिक्सा र मिक्चर ठोक्किदा ७ जना घाइते भएका छन् ।

शान्तिनगर ५ चिराघाटमा शान्तिनगरतर्फ जादै गरेको रा १ ह २६१२ नम्बरको अटो र सोही दिर्शा तर्फ जादै गरेको मिक्चर बोकेको रा १ त ३७४३ नम्बरको ट्याक्टर ठोक्किदा दुर्घटना भएको हो ।


दुर्घटनामा परि शान्तिगर गाउँपालिका–४ का अटो चालक ३८ वर्षीय ज्ञान बहादुर केसी, अटोमा सवार सोही ठाउँका ८ वर्षीय अनुराग पुन, ३७ वर्षीय दुर्गा राईमाझी, उनकी छोरी १३ वर्षीय दिपशिखा राईमाझी , सोही ठाउँकी ३१ वर्षीय यामा पुन, २६ वर्षीय पार्वती पुन र ९ वर्षीय कृष्णा पुन रहेको प्रहरीले बताएको छ ।

आइतबार बेलुका उक्त दुर्घटना भएको हो ।