तुलसीपुरको एक गोठमा आगलागीः चारसय चल्ला नष्ट

तुलसीपुर
१९ माघ / दाङको तुलसीपुर स्थित एक चल्लाको गोठमा आगलागी हुँदा जलेर नष्ट भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ शिरखोला स्थ्ति सुमन गिरीको गोठमा आगलागी हुँदा पालन गरिएका करिब चारसय ब्रोइलर कुखुरा र एउटा भैसी जलेर नष्ट भएको छ ।


राति १२ बजेतिर आगलागी भएको पीडित गिरीले बताए । गोठमा दाउरा, पराल समेत थिए ।

घरदेखि टाढा गोठ रहेकाले परिवारले आगलागी भएको राति मात्रै थाहा भएको हो ।