टाइगर क्लबद्वारा बालबालिकालाई न्यानो कपडा

तुलसीपुर १९ पुस । सामाजिक काममा सक्रिय रहने तुलसीपुर ३ दमारगाउ स्थित टाइगर युवा क्लबले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
सोही वडाको प्राथमिक बिद्यालय टुनापानी थापापानीमा अध्ययनरत बालबालिका हरुलाइ न्यानो कपडासहित स्कुल ड्रेस वितरण गरेको हो । क्लबका अध्यक्ष दिनेश गुरुङसहितको सहभागितामा त्यहाँका ४४ जना बालबालिकाहरुलाइ जट्रयाकसुट प्रदान गरेको हो ।

त्यहाँ अध्ययनरत बालबालिका प्रायः न्यून आय भएका परिवारका छोराछोरी भएको भन्दै आफूहरुले सहयोग गरेको उनको भनाई छ । संघ संस्था खोल्नु सामाजिक कार्यकालागि भएको भन्दै क्लबका सचिव कुलदिप गौतमले जाडोमा लगाउने न्यानो कपडा नभएको थाहा पाएपछि सहयोग गरेको बताए ।


उनका अनुसार ३६ हजार ३५० रुपैयाँको न्यानो कपडा वितरण गरिएको हो ।
तुलसीपुर ३ दमारगाउका निर्माण ब्यबसायी अजय गिरीका अनुसार आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

त्यस अवसरमा क्लबका सल्लाहकार इन्द्र पुन, दमारगाउ निवासी भोजराज भट्टराई लगायतको सहभागिता रहेको थियो । भोजराज भट्टराइले १० हजार, अजय गीरी ५ हजार, उत्तम केसी ५ हजार, दिनेश गुरुङ ५ हजार ,कुलदिप गौतम ५ हजार, सुमन विक ५ हजार र केशर केसी ले १ हजार ३५० रुपैयाँ संकलन गरेर सहयोग गरेका हुन् ।