सरस्वती आ.वि.द्धारा गरीव,अनाथ,असहाय,अपाङ्ग बालबालिकाहरुलाई पोशाक वितरण कार्यक्रम सम्पन्न

दंगीशरण, ३० फागुन ।
सरस्वती आधारभुत विद्यालय दंगीशरण एकलिको आयोजनमा गरीव,अनाथ असहाय,अपाङ्ग बालबालिकाहरुलाई पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष सिताराम चौधरीको सभापतीत्व गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा वडा नं.३ का वडा अध्यक्ष शुकलाल चौधरीको बिशिस्ट आथित्यतामा पोशाक वितरण कार्यक्रम सम्पन्न गरीएको हो ।

पोशाक वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती गाउँपालिका अध्यक्ष शम्भु गिरीले विद्यालय भए विद्यार्थी हुने र विद्यार्थी भएमात्र शिक्षक रहने बताउनुभयो । हरेक शिक्षकहरुले गुणस्तरीय शिक्षा प्रदान गर्न आफ्नो जिम्मेवारी इमानदारीताका साथ पुरा गर्न निर्देशन शिक्षकहरुलाई निर्देशन दिनुभयो ।


अहिलेको समयमा भौतिक पुर्वाधार दक्ष शिक्षक तथा हरेक कुरा पर्याप्त हुदाहुदै पनि सामुदायिक विद्यालयप्रती अभिभावकको बिश्वास बढ्न नसक्नु चिन्ताको बिषय रहेको अध्यक्ष गिरीको भनाइ थियो । प्रत्यक वर्ष अनुदान शिक्षकको लागी मात्र बार्षिक १ करोड रुपैयाँ लगानि हुने गरेको तर लगनि अनुसारको प्रतीफल नआउँदा आफु निकै चिन्तीत रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै वडा नं. ३ का वडा अध्यक्ष शुकलाल चौधरीले गरीव असाहय बालबालिकालाई शिक्षाको पहुचमा जोडी उनिहरुको हरेक किसिमका विकासका लागी बिपन्न बालबालिकालाई विशेष सहयोगको कार्यक्रम गरेको बताउनुभयो ।अभिभावकको मन जिती गुणस्तरीय शिक्षा प्रदानको सवालमा शिक्षकहरु लागीदिन अध्यक्ष चौधरीले विशेष आग्रह गर्नुभयो । विद्यालयका प्र.अ.ज्योती चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक मरिचमान चौधरीले गर्नुभएको थियो ।