आईसियु कक्षमै मिर्गौलाका बिरामीलाई डायलाईसिस सेवा !

दाङ, १५ पुष ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अबदेखि आईसियु तथा भेन्टिलेटरमा उपचारारत बिरामीको मिर्गौलामा समस्या आए आईसियु कक्ष भित्र नै डाईलासिस सेवा सुरु भएको छ ।

उपचारकैक्रममा बिरामिको मिर्गौलामा समस्या आए मेडिसिन र एनेस्थेसियोलोजीष्टको समन्वयमा डाइलाशिस सेवा सुरु भएको प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. रमेश कडेलले जानकारी दिनु भयो । कडेलले यो सेवा पश्चिमयता पहिलो भएको दाबी गर्नु भयो ।


प्रतिष्ठानका आईसियु इन्चार्ज एनेस्थेसियोलोजिष्ट डा. राजन शाक्यले यसअघि आईसियुमा उपचारारत बिरामीलाई मिर्गौलाको डाइलाशिस गराउन अस्पतालको तल्लो तलामा ल्याउनु पर्ने बाध्यता रहदै आएकोमा अब आईसियु कक्षमा यो सेवा सुरु गरेपछि त्यो बाध्यता हटेको बताउनु भयो ।