गायक तथा नायक एस कुमार आज तुलसीपुर साँस्कृतिक कार्यक्रममा आउने

तुलसीपुर, ७ कात्तिक ।
दाङको तुलसीपुरमा जारी प्रथम लोक नृत्य तथा लोक दोहोरी एवं साँस्कृतिक कार्यक्रममा आज एघारौँ दिनमा चर्चित गायक तथा नायक एसकुमार आउनुहुने भएको छ ।

बाटो मूनिको फुल लगायतका चलचित्रका नायक तथा गायक एस कुमार नै आजको मूख्य आर्कषणको केन्द्र रहेको आयोजकले जनाएको छ । कार्यक्रममा लोक नृत्य प्रतियोगिताको साथै दैनिक जसो राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुती राखिरहेका छन् ।

कार्यक्रममा आन लोक नृत्य प्रतियोगितामा ५ जनाबिच प्रतिष्पर्धा हुने भएको छ । प्रतियोगितामा सावित्रा विश्वकर्मा, जीवीका रेउले, सन्ध्या राना, निशिका भण्डारी र जीवा बुढाथोकीले प्रतिष्पर्धा गर्ने मूख्य आयोजक मितेरी युवा क्लबका अध्यक्ष अजय बुढाथोकीले बताउनुभयो ।

कार्यक्रममा भोलि पनि लोक नृत्य प्रतियोगिता जारी रहने उहाँले बताउनुभयो । प्रतियोगिताबाट आज बाहिरिएकाले भोलि प्रतिष्पर्धा गर्नेछन् ।


असोज २८ गते शुक्रबारदेखि जारी प्रतियोगितामा राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुती राखिरहेका छन् । कार्यक्रममा दिनप्रतिदिन दर्शकको संख्या उल्लेख्यरुपमा बढ्दै गएको छ । स्थानीय कला संस्कृतिका संरक्षण गरी नवप्रतिभाको उजागर गर्ने उद्देश्यका साथ अशोज २८ शुक्रबारदेखि संचालन भएको कार्यक्रम कातिक ११ गतेसम्म संचालन हुनेछ ।

लोक नृत्य प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीय हुनेले ५० हजार र तृतीय हुनेले २५ हजार पुरस्कार प्राप्त गर्ने उहाँले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को पातुखोला पुलको उत्तरतर्फ मेला संचालन भइरहेको छ ।