तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते

तुलसीपुर, १३ पुष ।
दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्री घाइते भएका छन । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालीका ७ पर्सेनी निवासी ७३ वर्षीय सन्पदेबी पुन रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

तुलसीपुरबाट हात्तीखौवा तर्फ जादै गरेको रा ३ प ६०६ नम्बरको मोटरसाइकलले तुलसीपुर ५ घोराही चोक नजिकै ठक्कर दिदा दुर्घटना भएको हो ।


घाइतेको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल सहित चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।