वैद्य निकट अखिल क्रान्तिकारी दाङको नयाँ कार्यसमिति

घोराही, ८ पुष ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङ जिल्ला दोस्रो जिल्ला भेला आज घोराहीमा सम्पन्न भएको छ । भेलाले संगम के सी को अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ ।

जसमा उपाध्यक्ष कमल वली,सचिब मुना पुन, कोषाध्यक्ष शिशिर चौधरी, सहसचिव कामना वली हुनुहुन्छ, भने सदस्यहरुमाः– गिता आचार्य, शुनिता पौडेल, नरेश बि क, शिमा बि क, भरत बि क, ममता शर्मा गैरे, टीका शर्मा, बिनिता चन्द, यमुना के सी, लक्ष्मी बि क, गोमा क्षेत्री, निमराज गौतम, दिपा सुनार, सरिता बि क, प्रेयङ्का कुवर, साबित्रा रकाल रहनु भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओबादी) केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज कमरेड समिरले बर्तमान राजनीतिक अबस्थाका बारेमा चर्चा गर्दै नेपाली विद्यार्थीले अझैसम्म पनि सर्बसुलभ शिक्षा नपाएको शिक्षा मा दलालिकरण भएको शिक्षा सामान्य नागरिकको पहुँचमा नभएकोले तत्काल ब्यबहारिक ,बैज्ञानिक, जिवन उपयोगी शिक्षा लागू गराउन बिद्यार्थी आन्दोलन उठाउनु पर्ने र त्यसको नेतृत्व अखिल (क्रान्तिकारी) ले गर्नुपर्ने बताउनु भयो ।


अखिल (क्रान्तिकारी) केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश संयोजक कमरेड महेश श्रेष्ठ ले मन्तब्य दिदै नेपालको शिक्षा बेरोजगार उत्पादन गर्ने भट्टिमा रुपान्तरण भएकोले शिक्षित युवतीयुवाहरु दैनिक अन्तर्राष्ट्रिय बिमानस्थलबाट बाहिरिन बाध्य रहेको , शिक्षा जनताको पहुँचमा नभएको शिक्षामा दलालिहरुको मुठ्ठीभित्र रहेकोले यो अबस्थामा आमुल परिवर्तनका लागि युवतीयुवाको सुन्दर भविष्य निर्माण गर्न अहम भुमिका निर्बाह गर्नुपर्ने ऐतिहासिक जिम्मेवार यस कार्य समितिलाई आएको बताउनुभयो ।

संगम के सि को स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा नब निर्बाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल लुम्बिनी प्रदेश उपाध्यक्ष तथा दाङ जिल्ला अध्यक्ष इश्वरी प्रसाद गैरेले विद्यालय तथा जिल्ला स्तरमा शैक्षिक सुधारकालागि यस कार्यसमितिले महत्त्वपूर्ण भुमिका खेल्न सकोस् शैक्षिक सुधारका लागि गरिने सकारात्मक कामको नेतृत्व यही कार्यसमितिले भुमिका खेल्न सकोस् भन्दै बधाई तथा शुभकामना दिनुभएको थियो । कार्यक्रम सञ्चालन लक्ष्मी बिकले गर्नु भएको थियो, भने भेलाको सहजीकरण दाङ जिल्ला अध्यक्ष मनोज थापाले गर्नु भएको थियो ।