समाचार प्रभाबः आफूहरु सुध्रिने औषधी ब्यबसायीको प्रतिबद्धता

दाङ,६ पुस । दाङका औषधी ब्यबसायीहरुले आफ्नो ब्यबसाय सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । नयाँ पत्रिकाको अनलाईन संस्करणमा पुस १ गते‘दाङका यी मेडिकल, जहाँ मनोमानी बेचिन्छ सयौं औषधि’ शीर्षकमा र लाइभ दाङमा ‘ज्योति र रौनियार मेडिकल ःजहाँ मनोमानी औषधी बाँडिन्छ’ शीर्षकको समाचार प्रकाशित भएपछि दाङका औषधी ब्यबसायीहरुले मंगलबार तुलसीपुरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि आफ्ना कमीकम्जोरी रहेको भन्दै ति कम्जोरीलाइ सुधार गरेर लैजाने बताएका छन् ।

कार्यक्रममा औषधी ब्यबसायी संघका प्रदेश अध्यक्ष सालिकराम आचार्यले मिडियाले यो विषय उठाएपछि बहसमा आएको भन्दै यो आम निजि स्वास्थ्य संस्थाको समस्या रहेको भन्दै यसलाई सुधार गर्नुपर्ने बताए ।‘मिडियाले जे विषय उठाउनु ठीक विषय उठाउनु भयो, यो विषयमा हाम्रो ध्यानाकर्षण भयो’, पहिलो पटक यो विषय मिडियामा आएको छ, अब यसलाई सुधार गरेर लैजानकालागि हामीले बहसको कार्यक्रम अघि बढाएका छौं ।’

स्वास्थ्य जस्तो संवेदनशील विषयमा आफूहरुले पनि खेलवाड नगर्ने भन्दै यसमा आफूहरु सचेत रहने उनको भनाई थियो । त्यस्तै केही नीतिगत समस्याहरु रहेको भन्दै त्यसलाई सुधार गर्न पनि सञ्चार माध्यामले साथ दिनुपर्ने उनको भनाई छ ।‘केही नीतिगत समस्या पनि छ, अनुगमन गर्ने निकायहरुलाई पनि झक्झक्याउनु पर्छ’,उनले भने‘यसमा पनि मिडियाले साथ दिनुपर्छ ।’

‘स्वास्थ्य सेवा प्रवाहमा गुण्स्तरीयता र प्रभाबकारीता’ विषय अन्तरक्रिया कार्यक्रममा स्वास्थ्यकर्मी देबु बस्नेतले राज्यको नीति सुधार गर्नु पर्ने बताए । उनले राज्ये निजि क्षेत्रलाई औषधी उत्पादन गर्न करोडौं खर्च गर्न भनिरहेको छ, तर, आफूले २५ हजारको एउटा मिलमा औषधी उत्पादन गरिरहेको छ, यसमा राज्यको विभेदकारी नीति रहेको बताए । अर्कोतर्फ सीमए, एचएले नै स्वास्थ्य क्षेत्र धानेको समेत बताए ।

त्यस्तै दिपेन्द्र न्यौपानेले निजि स्वास्थ्य संस्था नभएको भए राज्यले जनतालाई सहज रुपमा स्वास्थ्य सेवा नै दिन सक्ने अबस्था नहरने बताए ।‘मेडिकलहरु नभए, सरकारी स्वास्थ्य चौकीहरुले मात्रै ग्रामिण क्षेत्र, होस वा अन्य क्षेत्रमा पनि अझै सहज स्वास्थ्य दिन सक्दैनन्’,उनले भने‘त्यसैले निजि स्वास्थ्य संस्थालाई राज्यले पनि सम्मान दृष्टिले हेर्नुपर्छ ।’


त्यस अवसरमा फार्मेसी संघ दाङका अध्यक्ष सुलभ अधिकारीले भने फार्माशिष्ट भन्दा अरुले औषधी दिदा गुणस्तर स्वास्थ्य सेवा प्रवाह हुन नसक्ने भन्दै औषधी फार्मशिष्टबाटै वितरण गर्नुपर्ने बताए । अहिले जनशक्ति पनि प्रयाप्त भएकाले त्यस तर्फ निजि स्वास्थ्य संस्थाहले ध्यान दिनुपर्ने उनले बताए । त्यस्तै नागरिक केयर अस्पतालका दया ज्ञवालीले उपचारकालागि डाक्टर खोज्ने अबस्था रहेको भन्दै औषधी पनि दक्ष फार्मेशीले नै प्रदान गर्नुपर्ने बताए ।

कार्यक्रममा औषधि व्यवसायी संघ दाङका अध्यक्ष विष्णु प्रसाद पौडेलले गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्ने सवालमा आफुहरु गम्भीर भएको बताए । त्यस्तै संघका प्रदेश उपाध्यक्ष राजेन्द्र श्रेष्ठले जनस्वास्थ्यसंग जोडिएको विषय भएका कारण खेलवाड नगरी सेवा प्रवाह गर्ने तर्फ सबै सचेत हुनुपर्ने बताए ।

त्यस असरमा तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाका विष्णु गिरीले मिडियामा यो विषय आएपछि अनुगमनलाई पनि तिब्रता दिने बताए । जनस्वास्थ्य संग जोडिएको विषयमा नीतिगत परिपक्क हुन औषधी ब्यबसायीहरुलाई अनुरोध गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष शरद रेग्मी, लाईभ दाङका सम्पादक दीपक बोहरा, नेपाल औषधि व्यवसायी संघ दाङका पुर्व अध्यक्ष यनप्रसाद गुप्तालगायतले मन्तब्य ब्यक्त गरेका थिए । नेपाल औषधि व्यवसायी संघ दाङका सचिब सुनिल रेग्मीले स्वागत मन्तव्य राखेका थिए, भने सहजीकरण संघका महासचिव श्याम कुमार गिरीले गरेका थिए ।