दाङमा देउवा र पौडेल समूह बराबर

दाङ
११ असोज / कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न निर्वाचनमा दाङमा पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बराबर स्थानीय तहमा जित हात पारेका छन् ।

१० वटा स्थानीय तहमध्ये पाँच वटा स्थानीय तह देउवा पक्षले विजयी हाँसिल गरेको छ भने पाँच स्थानीय तहमा पौडेल पक्षले विजय हाँसिल गरेका छन् । पौडेल निकट दिपक गिरीका चार स्थानीय तहसँगै राप्ती गाउँपालिकाका सभापति विद्याशरण चौधरी रहेका छन् । ति मध्ये शान्तिनगर र राप्ती गाउँपालिकाका सभापति सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै देउवा समूहका घोराही उपमहानगरपालिकाको सभापतिमा तिलक रावतले विजयी हाँसिल गरेका छन् । उनी जिल्लामा राजु खनाल निकट मानिन्छन् । त्यस्तै लमही नगरपालिकाका सभापति सन्तोष बुढाथोकी देउवा निकट हुन् । उनले ७९ वर्षीय शिवु चौधरीलाई पराजित गर्न सफल भएका थिए । त्यस्तै राजपुरका सभापति नरेन्द्र राज भण्डारी, गढवाका किरण पौडे र बंगलाचुली गाउँपालिकाका जागेश्वर अधिकारी देउवा पक्षका हुन् ।


बंगलाचुलीमा सर्वसम्मत नेतृत्व चयन भएको हो । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाको सभापतिमा दिपक गिरी निकट सुरेश हमालले विजयी भएका छन् । त्यस्तै दिपककै नातेदार रहेका शुम्भु गिरीले दंगीशरण गाउँपालिकाको सभापतिमा विजयी हाँसिल गरे ।

त्यस्तै बबई गाउँपालिका सभापति प्रकाश बस्नेत र शान्तिनगर गाउँपालिकाका सभापति झलक केसी दिपक गिरी निकट हुन् । यी चार स्थानीय तहहरु दाङ क्षेत्र नं. ३ मा पर्छन् । शशांक कोइरालासंग नजिक रहेका गिरी रामचन्द्र पौडेल पक्षीय नेता हुन् । साभार : दीपक बोहरा/नयाँ पत्रिका