तुलसीपुरमा जीपको ठक्करबाट एक जना घाइते

तुलसीपुर, ४ पुष ।
तुलसीपुरको सल्यान रोडमा जिपको ठक्करबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर– ५ निवासी राजकुमार ठाकुर रहेको इलाका प्रहरी कार्यालय तुलसीपरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभएको छ ।


बिहान मर्निङ वाकमा हिडेका ठाकुरलाई रा१च १३२९ नम्बरको जीपले तुलसीपुरको खानेपानी कार्यालय नजिकै बिहान ६ बजे ठक्कर दिएको थियो । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।।