समानुपातिक सांसदलाई प्रणापत्र प्रदान

दाङ, ३ पुष ।
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकतर्फ नवनिर्वाचित सांसदलाई निर्वाचित भएको प्रणापत्र प्रदान गरेको छ ।

निर्वाचन आयोगमा आइतबार आयोजित कार्यक्रममा समानुपातिक निर्वाचन प्रणालीतर्फका मुख्य निर्वाचन अधिकृत एवम् आयोगका सचिव गोकर्णमणि दुवाडीले निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरेका हुन् ।


समानुपातिकतर्फका नवनिर्वाचित सांसदलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बधाई ज्ञापन गरेका थिए । प्रतिनिधि सभाको समानुपातिकतर्फ एक सय १० सांसद निर्वाचित भएका छन् ।

समानुपातिकतर्फ सबैभन्दा बढी नेकपा एमालेका ३४, नेपाली कांग्रेसका ३२, नेकपा (माओवादी केन्द्र) का १४, राष्ट्रिय स्वतन्त्र पार्टीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका सात तथा जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका पाँच/पाँच जना निर्वाचित भएका छन् ।