तुलसीपुरमै स्तन क्यान्सरको निःशुल्क उपचार पाउँदा खुसी

तुलसीपुर,३ पुस । स्तनको क्यान्सरको उपचार गर्न चितवन नै जानु पथ्र्यो । दाङमा स्तन क्यान्सर सम्बन्धि अहिलेसम्म विशेषज्ञ पाउने गरेको छैन । त्यसैले धेरै स्तन क्यान्सरका विरामीहरु रोग लुकाएर बस्नु पर्ने अबस्था छ । आर्थिक रुपमा सम्पन्न भएकाहरु चितवन गएर उपचार गराउने गरेको भएपनि आर्थिक रुपमा विपन्नहरु भने रोग सहेर बस्नु पर्ने अबस्था थियो । यही अबस्थालाई मध्येनजर गरि तुलसीपुर स्थित नागरिक केयर हस्पिटल प्रालिमा निःशुल्क स्तन क्यान्सरको शिविर आयोजना गरेपछि भने धेरै विरामीहले लाभ लिन पाए ।

अस्पतालमा आएका अधिकांस विरामीहरुहरुमा स्तनमा गाँठागुठी देखिनेलगायतका धेरै समस्या देखिएका थिए । त्यो शिविरबाट करिब एकसयको हाराहारीले सेवा लिएका थिए । ति मध्ये अधिकांसमा समस्या देखिएको थियो । यसरी आफ्नै ठाउँमा निःशूल्क शिविर पाउँदा खुसी भएको शान्तिनगर गाउँपालिका वडा नं. ७ निवासी कान्तीतला बस्नेतले बताईन् ।‘स्तनसम्बन्धि समस्या देखिएमा कहाँ उपचार गर्न जाने भन्ने चिन्ता थियो’,उनले भनिन्‘यही सबै समस्या हल हुने भन्ने जानकारी पाएपछि आएँ, धेरै सजिलो भयो ।’


लाइन्स क्लब अफ तुलसीपुर इसान र लियो क्लब अफ तुलसीपुर इसान तथा नागरिक केयर अस्पतालको संयुक्त आयोजनामा उक्त शिविर भएको हो । शिविरमा चितवनबाट स्तर रोग बिशेषज्ञ डा.सञ्जय पाण्डे आएका थिए । त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले तुलसीपुरमै यस्तो सेवा प्रदान गर्नु राम्रो कुरा भएको बताए । आफ्नो उपमहानगरपालिकामै स्तन क्यान्सर रोग जस्तो सम्बेदनशील विषयमा निःशुल्क शिविर चलाउनुले नागरिकले धेरै सहज हुने बताए ।

कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष टोपबहादुर घर्तीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । क्लबका प्रथम उपाध्यक्ष ऋषिराज भण्डारीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।