तुलसीपुरमा बबई लिफ्टिङको काम अघि बढ्दै

दाङ,२८ मङ्सिर ।
दाङको तुलसीपुरमा सहलगानी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत बबई लिफ्टिङको काम अघि बढेको छ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको कार्यालय परिसरमा अन्डरग्राउन्ड ट्याङ्की निर्माणको काम सुरु भएको छ । ५६ करोड ८० लाख २४ हजार ६ सय ३० रुपैँया लागतमा बबई लिफ्टिङको काम अघि बढेको हो । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारीका अनुसार नेपाल सरकारको ७० प्रतिशत अनुदान तथा उपभोक्ताको ३० प्रतिशत लगानीमा खानेपानी आयोजनाको काम बढेको हो ।

जसमा सरकारले ३८ करोड ८३ लाख, १७ हजार २ सय ४१ र उपभोक्ताको १७ करोड ७ लाख ३ सय ८८ रुपैँया लाग्छ । अहिले उपभोक्ताको तर्फबाट अहिले ५ प्रतिशत र बाँकी २५ प्रतिशत नगर विकास समितिबाट ऋण ल्याएर काम अघि बढाईएको छ । नगर विकास समितिबाट १४ करोड २२ लाख ५६ हजार १ सय ५८ ऋण लिएको र बाँकी २ करोड ८४ लाख ५१ हजार २ सय ३१ रुपैँया उपभोक्ताले तिरेका छन् ।

तुलसीपुर–अमिलिया सडकको बबई पुलदेखि पूर्वतिर ३ वटा सम्पवेल(इनारजस्तै पानी संकलन गर्ने प्रबिधि) बन्नेछ । त्यसको ३ सय मिटर उत्तरमा ट्रिटमेन्ट प्लान बन्नेछ । जहाँ ¥यापिड स्यान्ड फिल्टर २ वटा सितलपुरमा र मल्टि ग्रेड प्रेसर फिल्टर ६ वटा निर्माण हुनेछन् । मल्टि ग्रेड फिल्टर जहाँ ट्याङ्की निर्माण हुन्छ, त्यही स्थानमा निर्माण हुनेछन् ।
त्यस्तै सीतलपुरमा आरभिटी कलेक्सन चेम्बर ५०० घन मिटर, इन्टर मिडियट आरभिटी टकी संतनिरङकारी नेर ३०० घनमिटर, प्रदेश प्रहरी कार्यालय नजिक इन्टर मिडियट आरभिटि ३०० घन मिटर बन्नेछ ।
त्यस्तै चारवटा ओभरहेड ट्याङकी निर्माण हुनेछन् । शिखर कोलेनीमा ४५० घनमिटर, झुमरेमा ४५० घनमिटर , मोतिपुरमा २२५ घनमिटर, इन्द्रनगरमा ४५० मिटर घनमिटर ओभरहेड टंकी पनि निर्माण हुनेछन् ।
दुईवटा अन्डर ग्राउन्ड ट्याङ्की निर्माण हुनेछन् । त्यस्तै डुम्रीगाउँमा ६०० घनमिटर र खानेपानी कार्यालय परिसरमा ३०० घनमिटर अन्डरग्राउन्ड टंकी निर्माण हुनेछन् ।

त्यस्तै प्रशारण पाईप लाईन २८.३१५ किलोमिटर हुनेछ, भने पानी वितरण पाईप १२५.७५२ किलोमिटर हुनेछ । साथै ७ वटा सुरक्षागार्ड हाउस र १० वटा पम्प हाउस पनि निर्माण हुनेछन् ।

बबई लिफ्टिङबाट डिपबोरिङबाट प्रतिसेकेन्ड ६०÷६० लिटर पानी आपूर्ति गर्न सकिनेछ । त्यस्तै ६ वटा डिपबोरिङ निर्माण हुनेछन् । गोलौरा, सन्तनिरंकारी भवन नजिक, खानेपानी संस्थाको कार्यालय परिसर, सीप बिकास कार्यालय नजिक, इन्द्रनगर र पहिलेको संघीय प्रहरी कार्यालय गरि बिभिन्न ६ स्थानमा डिपबोरिङ पनि निर्माण हुनेछन् । जसबाट प्रतिसेकेन्ड ४० लिटर पानी उत्पादन गरिनेछ ।


तुलसीपुर खानेपानीका अहिलेसम्म ८ हजार २ सय २६ धाराहरु रहेका छन् । तर, बबई लिफ्टिङको काम पूरा भएमा पाँच हजार पाँच सय धारा थप हुने छन् । हाल तुलसीपुर खानेपानीका मुलकोट,राम्री,चिसापानी, धैरनी,बाख्रे, छरछरे, पहर र लाहुरेचौर गरि ८ वटा ग्राभेटी मुहान छन् ।

त्यस्तै कार्यालय परिसरमा डिपबोरिङ, डुम्रीगाउँ, रजौरा, एयरपोर्ट, साविक अञ्चल प्रहरी कार्यालय परिसर, खर्चवा, झुमरे, रेडक्रस परिसरमा भूमिगत मुहान स्रोत रहेका छन् । त्यस्तै रानीजरुवा, पातुखोला र रानीघाटमा सम्पवेल मुहान रहेका छन् ।

खानेपानीलाई सहज हुनेछ
तुलसीपुरको खानेपानी परिसरमा निर्माण हुन लागेको अन्डर ग्रान्ड ट्याङ्कीको उद्घाटन गर्नुहुँदै उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले यो परियोजना सम्पन्न भएमा यहाँको खानेपानी समस्या समाधान हुने बताउनुभयो । त्यस अवसरमा तुलसीपुर ७ का वडाध्यक्ष रामबहादुर जीसी, तुलसीपुर १२ का वडाध्यक्ष खुसीराम चौधरी, तुलसीपुर खानेपानीका सल्लाहकार जनक खराललगायतले मन्तब्य ब्यक्त गरेका थिए । उपाध्यक्ष सिताराम शर्माले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सचिब सेवकराम भण्डारीले गरेका थिए ।