सरकारको निर्णयको थारु समुदायद्वारा स्वागत

दाङ, २८ मंसिर । थारु कल्यानकारिणी सभा दाङ क्षेत्र नम्बर ३ र थरुहट थारुवान राष्ट्रिय मोर्चा दाङले सरकारले अदालतबाट दोषी ठहर भएका र पुर्पक्षको क्रममा रहेका व्यक्तिका मुद्दा फिर्ता लिने गरी ल्याएको अध्यादेशको स्वागत गरेको छ ।

थारु कल्यानकारिणी सभा दाङ क्षेत्र नम्बर ३ का सभापति महेश थारु र थरुहट थारुवान राष्ट्रिय मोर्चा दाङका सचिव जितेन्द्र चौधरी द्धारा संयुक्त रुपमा हस्ताक्षरीत विज्ञप्तीमा “आदिवासी थारुहरु माथि राज्य बाट गरिएको विभेद र दमनको अन्त्य गर्न सो अध्यादेशले थारु, आदिवासी जनजाती, दलित, मधेशी मुस्लिमलगाएत विभेदमा पारिएकाको पक्षमा ल्याइएकोले वर्तमान सरकारलाई धन्यवाद ज्ञापन गर्दछौ ।


कहि कतैबाट जान अन्जानमा गरिएको विरोधको सामना गदै मौलीक हक अधिकार प्राप्तीको लागि जोडदार माग गर्दछौ । नेपाल सरकार मन्त्रीपरिषद्ले ल्याएको अध्यादेश राष्ट्रपति बाट यथाशिघ्र प्रमाणीकरण गरिने छ भन्नेमा विस्वस्त छौ” विज्ञप्तीमा भनिएको छ ।

पहिचान र अधिकारको लागि थारु कल्याणकारिणी सभा, थारुहट थारुवान संयुक्त संघर्ष समितिको शान्तिपूर्ण आन्दोलनको क्रममा २०७२ भाद्र ७ गते भएको टिकापुर घटनाको झुठा मुद्धा लगाइएका थारु नेता तथा कार्यकर्ताहरुको मुद्धा फिर्ता एवं बन्दीहरुलाई अविलम्ब रिहाइको माग गरेको छ । अध्यादेशको पूर्ण समर्थन गदै सोको कार्यान्वयनको लागि जोडदार माग गरिएको छ । कार्यान्यन नभए सशक्त आन्दोलन गर्न बाध्य हुने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।