दाङ जिल्ला स्केटिङ एण्ड स्केटबाेडिङ संघको अध्यक्षमा युद्ध जंङ शाह

टेकराज भण्डारी ,
दाङ १८ जेठ ।
दाङ जिल्ला स्केटिङ एण्ड स्केटबाेडिङ संघको प्रथम जिल्ला साधारण सभा तथा अधिबेशन आज (बिहीबार) तुलसीपुरमा सम्पन्न भएको छ । साधारण सभा तथा अधिबेशनबाट अध्यक्षमा युद्ध जंङ शाह चयन भएका छन् ।


उपाध्यक्षमा सुन्दर भण्डारी, सचिव निर्मल खड्का, सहसचिव पाेषण बस्याल, काेषाअध्यक्ष बिजय गिरिलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा सन्दिप सेरपाइली , सुरेश मगर , इन्द्र बहादुर खड्का र झलक रसाइली चयन भएका छन् ।