सरकारकै मान्छे हातपातमा उत्रिनुले जनता सुरक्षित हुन्छन्ः माओवादी केन्द्र

तुलसीपुर,२७ मंसिर । नेकपा(माओवादी केन्द्र) ले तुलसीपुरमा ब्यबसायीमाथि भएको हातपातको विरोध गरेको छ । सोमबार विज्ञप्ति जारी गरि तुलसीपुर उपमहानगरपालिकाका प्रबक्ता माधव वली, तुलसीपुर ११ का वडाध्यक्ष मानबहादुर रावतले तुलसीपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मिनराज भण्डारीसहित अन्य ब्यबसायीहरुमाथि हातपात गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

ब्यबसायीहरुमा परेको मर्कालाई लिएर अभिभावक संस्था तुलसीपुर उपमहानगरपालिकामा गएको सन्दर्भमा सत्ता सञ्चालन गर्ने जिम्मा पाएकाहरुबाटै भएको यो कार्य अन्यन्तै निन्दनीय र घिर्नित रहेको भन्दै यस्ता घटनाले सरकारप्रति वितृष्ण पैदा हुने अध्यक्ष खुसीराम चौधरी र सचिब तुलाराम भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


‘सरकार सञ्चालन गर्ने जिम्मा पाएकाहरुले जनताको भावना अनुसार काम गर्ने हो । तर, वडाध्यक्षहरुले जनताको भावनालाई लत्याउँदै,जनताहरुमाथि नै त्रास हुने गरि जुन गतिबिधि गरे, त्यो गतिबिधि कसैकालागि पाच्य कुरा होईन्, त्यसैले हातपातमा उत्रिने दुबैजनालाई कडा भन्दा कडा कारवाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई जोडदार माग गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।