प्रतिनिधिसभा समानुपातिकमा दाङबाट ३ जना

दाङ
२४ मंसिर / दाङबाट प्रतिनिधिसभामा ३ जना मात्र सांसद चयन भएका छन् । नेकपा एमालेले २ जना र माओवादी केन्द्रले १ जनालाई दाङबाट सांसदमा चयन गरेको हो ।

जसअनुसार एमालेबाट मेनका पोख्रेल र आष्माकुमारी चौधरी चयन भएका छन्, पोख्रेल घोराही उपमहानगरपालिका १७ र चौधरी घोराही ६ की हुन् ।


माओवादी केन्द्रले नारायणी शर्मा (प्रतिक्षा)लाई चयन गरेको छ । शर्माको घर घोराही १७ मा पर्छ ।