सामुदायिक कार्यक्रमका लागि साझा स्थल निर्माण

दंगीशरण,२५ बैशाख ।
जेस्ठ नागरीक प्रती सम्मान,धर्म सस्कृतीको संरक्षण हाम्रो अभियान भन्ने मुल उदेस्यका साथ जेष्ठ नागरीक तथा योग भवन समउद्घाटन कार्यक्रम दंगीशरण गाउँपालिका वडा न ५ को नन्द्रागाउँमा सम्पन्न भएकोछ । दंगीशरण गाउँपालिका वडा न ५ को आयोजना तथा दंगीशरण गाउँपालिकाको कुल १० लाख ५० हजार आर्थिक सहयोगमा निर्मित जेष्ठ नागरीक तथा योग भवनको शुक्रबार एक औपचारिक कार्यक्रमकाविच गाउँपालिका अध्यक्ष शम्भु गिरीले औपचारिक उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफ्नो स्थानियतहका नागरीकको स्वास्थ्य स्वस्थ राख्न र वडाका विभिन्न कार्यक्रमहरु गर्न सहज होस भन्ने उदेस्यका पालिकाका ७ वटै वडामा ८ वटा बहुउद्देश्यीय सभाहल निर्माण गरेको बताउनुभयो ।अर्को प्रसङ्गमा अध्यक्ष गिरीले पछिल्लो समयमा नसर्ने रोगले जरा गाडेकाले नसर्ने रोगबाट आफ्ना नागरीकलाई बचाउन योग प्रणायाम र ध्यानमा जोडिएर स्वस्थ अनि समृद्ध दंगीशरण निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो । सो अबसरमा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कर्ण बहादुर नेपालीले जेष्ठ नागरीक तथा योग हलको नाम दिएपनि वडाभित्रका हरेक कार्यक्रमहरु गर्न सहज हुने बताउनुभयो ।


कार्यक्रममा जेष्ठ नागरीक दंगीशरणका अध्यक्ष टीका बहादुर डाङ्गी जेष्ठ नागरीक तथा योग भवन निर्माण समितीका अध्यक्ष नारायण प्रसाद न्यौपाने, अनुगमन समितिका सयोजक मोहलाल गिरी लगायतले आ आफ्नो भनाइ राख्नुभएकोथियो । वडा न ५ का वडा सदस्य भुम प्रसाद देवकोटाको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका जिन्सी साखा प्रमुख वालकृष्ण भण्डारीले गर्नुभएकोथियो ।