रगत अभावले हस्पिटलको बेडमा छट्पटाई रहेकी इन्द्रालाई रक्तदान

दाङ, २९ जेठ । पछिल्लो समय दिनप्रतिदिन रक्तचापका बिरामी बढ्दै गइरहेका छन् भने अर्को तर्फ बिरामी बढ्दै जादा रक्त गृह (रेडक्रस)मा रगतको अभाव खट्किदै गइरहेको पाइन्छ । यहीँ समयमा आज बिहानै सल्यान त्रिबेनी गाउँपालिका– ६ पोखरी पन्चमुल निवासी गोबिन्द बुढाथोकी छोर्री २८ बर्षीया इन्द्रा खड्कालाई रगतको अति आवश्यक भएको थियो ।

ऊनी नेपालमा मात्र नभई छिमेकी देश भारतका विभिन्न अस्पतालहरुमा उपचार गराउदा पनि सन्चो नभएको, हाल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको कोठा नं.२३ को बेड नं.५ मा उपचार भइरहेको र उनलाई (ए पोजेटिभ) रगतको अतिनै आबश्यक परेको  लाइभदाङ मार्फत सुचना आयो ।

बिरामीका आफ्नतहरु यता उता कहिँ कतै रगत पाइन्छ कि भन्दै भौतारिरहेका थिए । त्यहीँ समयमा रगतको अभावले बेडमा बिरामी छट्पटीएको सुचना लायन्स क्लब अफ क्यापिटल दाङका अध्यक्ष दिपक केसीले थाहा पाए । उनले जानकारी पाउने बितिकै लायन्स क्लब अफ क्यापिटल दाङकै सदस्य कृष बोहरा संग हस्पिटल पुगेर बिरामीको अवस्था बुझे जहाँ तत्कालनै रगतको निकै आवश्य भएको पाए ।


ऊनी हरु बिरामीको अवस्था बुझे पछि फेरि कहिँ गुहार माग्न लागेन्न आफू दुबै जनाले रगत दिने निर्णय गरे जुन निर्णयले गर्दा बेडमा रगतको अभावले छट्पटीएकि बिरामिको सहारा बन पुगे ।

लाइभदाङले प्रकाशन गरेको सूचना