दाङ,२२ मंसिर ।
दाङबाट लुम्बिनी प्रदेशसभामा ३ जनाको प्रतिनिधित्व हुने सम्भावना रहेको छ । एमालेबाट २ जना र काँग्रेसबाट १ जनाको महिलाको प्रतिनिधित्व हुने सम्भावना रहेको छ ।
एमालेबाट थारु महिलाको एक नम्बर सूचिमा रहेकी सीता शर्मा चौधरीको सम्भावना रहेको छ । प्रदेशमा थारु समुदायका २ जना मध्ये थारु महिलाको १ नम्बर सूचिमा रहेकी चौधरीको प्रदेशमा प्रतिनिधित्व रहने सम्भावना रहेको छ ।
त्यस्तै दलितमा रेखा कुमारी शर्माले दाङबाट प्रतिनिधित्व गर्ने सम्भावना रहेको छ । एमालेबाट प्रतिनिधित्व गर्ने शर्मा दलित महिलाको २ नम्बर सूचिमा छन् । एमालेले पाएको जम्मा ११ सिट मध्ये १० सिट महिला लैजानु पर्ने बाध्यात्मक परिस्थितिमा दलित महिलाको दोस्रो नम्बरमा रहेकी शर्माको सम्भावना बलियो रहेको छ । दलितमा एमालेले २ जना सिट राख्नु पर्नेहुन्छ ।
त्यस्तै काँग्रेसबाट दाङकी लोका कुमारी विकले समानुपातिक सूचिमा प्रतिनिधित्व गर्ने सम्भावना बलियो रहेको छ । उनी दलित महिलाको एक नम्बर सूचिमा छन् । १० वटा सिट पाएको काँग्रेसले ९ जना महिला अनिवार्य भएकाले लोका समानुपातिकमा पर्ने सम्भावना बलियो रहेको छ । अन्य पार्टीबाट भने दाङबाट प्रतिनिधित्व हुने सम्भावना न्यून रहेको छ ।
लाइभदाङ । २२ मंसिर २०७९, बिहीबार १२:२७ बजे