तुलसीपुरमा विद्यालयका लेखापालको तलब बढ्यो

तुलसीपुर, ४ माघ । तुलसीपुरमा सामुदायिक विद्यालयमा कार्यरत लेखापालको तलब बढेको छ ।

उपमहानगरपालिकाको छैठौं कार्यपालिका बैठकले गएको साउन महिनादेखि लागु हुने गरि २ हजार तलब बढाएको हो । यो संगै अब लेखापालले २० हजार पाँच सय तलब पाउनेछन् ।


यस अघि उपमहानगरपालिका भित्रका लेखापालको तलब १८ हजार ५ सय थियो । पटक–पटक तलब बढाउन माग गर्दै लेखापालहरुले उपमहानगरपालिकामा धर्ना दिदै आएका थिए ।