लुम्बिनीमा कसरी हुँदैछ, समानुपातिक सिट बाँडफाँट?

दाङ,२२ मंसिर ।
लुम्बिनी प्रदेशसभामा एमालेले ११ सिट प्राप्त गर्दा आदिवासी २, खस–आर्य ३, थारू २, दलित २, मधेसी १ र मुस्लिमबाट १ जना छनोट गर्नुपर्छ । यसमा एकजना अल्पसंख्यक हुनुपर्छ । एकतिहाइ प्रतिनिधित्व सुनिश्चित गर्न क्लस्टरअनुसार १० जना महिला छनोट गर्नुपर्छ ।

कांग्रेसले १० सिट पाएकोमा आदिवासी २, खस–आर्य ३, थारू २, दलित १, मधेसी १, मुस्लिम १ जना प्रतिनिधित्व हुनुपर्छ । यसमा एकजना अल्पसंख्यक हुनैपर्छ । कलस्टरअनुसार ९ जना महिला छनोट गर्नुपर्छ ।

माओवादी केन्द्रले ४ सिट पाएकोमा आदिवासी १, खस–आर्य १, थारु १ र दलित १ भाग लाग्छ । २ जना महिला हुनुपर्छ ।


२–२ सिट पाएको राप्रपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले आदिवासीबाट १ र खस–आर्यबाट १ प्रतिनिधित्व गर्नुपर्छ । राप्रपा र नागरिक उन्मुक्तिले दुइटै सिटमा महिला ल्याउनुपर्छ भने जनमतले एउटा महिला छान्नुपर्छ ।

एकीकृत समाजवादी, जसपा, जनमोर्चा र लोसपाले १–१ सिट पाएकोमा खस–आर्यबाट छनोट गर्नुपर्छ । सबै महिला हुनुपर्छ ।