एन प्याव्सन दाङले वृहत खेलकुद प्रतियोगिता गर्ने

दाङ, २१ मंसिर ।
एन प्याव्सन दाङले बृहत् खेलकुद प्रतियोगिता २०७९ आयोजना गर्ने भएको छ । एन प्याव्सन दाङको वार्षिक कार्यक्रम अन्तरगत यहि मंसिर २९ गते देखि पुस २ गते सम्म प्रतियोगिता आयोजना गर्ने भएको हो । २०७६ साल वाट शुरु भएको बृहत खेलकुद प्रतियोगिता कोभिडका कारण लगातार २ वर्ष स्थगित भएको थियो ।प्रतियोगितामा छात्र र छात्रा भलिवल त्यसै गरि दौड तर्फ छात्र र छात्रा १००,२००,४००,८००,१५०० र ३००० मिटर सञ्चालन हुनेछन ।

त्यस्तैगरि हाईजम्प , लङजम्प , त्रिपलजम्प , ज्यावलिङ थ्रो र सटपुट छात्र र छात्राका लागि हुने आयोजक एन प्याव्सन दाङका अध्यक्ष विमल गौतमले जानकारि दिनुभयो । प्रतियोगितामा एन प्याव्सन दाङमा आवद्द मावि तहका ३० वढि विद्यालयहरुको सहभागिता हुने गौतमले जानकारि दिनुभयो ।


त्यस्तै प्रतियोतामा सहभागी हुने विद्यालयहरुलाई यहि मंसिर २५ गते भित्रमा सहभागि खेलाडिको नाम सहित दर्ता गर्न आह्वान गरिएको छ । प्रतियोगिताका सवै खेलहरु वेलझुण्डि स्थित रगशालामा हुने सचिव ठाकुर प्रसाद डागिले जानकारि दिनुभयो ।