बालबालिकालाई शैक्षिक सामाग्री

बिना गरन्जा
दंगीशरण,२० मंसिर ।
दंगीशरण गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत २ सय बढी विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
ग्रामिण विकासकालागि चाइना फाउन्डेसनको आर्थिक सहयोग तथा ब्याकवार्ड सोसाइटी एजुकेसन बेशको आयोजनामा २ सय २६ जना विद्यार्थीहरुकालागी शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।

सिद्ध पृथ्वी जनता उच्च मावि श्रीगाउँमा मगलबार शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम आयोजना गरी विद्यालयका २२६ जना विद्यार्थीलाई सामाग्री हस्तान्तरण गरीएको हो । फाउन्डेसनले शान्तिनगर, दंगीशरण र बबई गाउँपालिकाका १५ वटा विद्यालयमा कार्यक्रम अगाडी बढाएको बेश संस्थाकी निर्देशक पिंकी डाँगीले जानकारी दिनुभयो ।


कार्यक्रम विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लिलाधर गौतमको अध्यक्षता तथा दङ्गीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्य एवम वडा नम्बर ६ का अध्यक्ष रोषण शाहको बिशिष्ठ आतिथ्यमा भएको हो । उहाँहरुले भन्नुभयो, यसकिसिमको सहयोगकारण विद्यार्थीले आउन छोड्ने विद्यार्थीहरुको संख्यामा कमि आउने छ ।