तुलसीपुरको एक विद्यालयको ल्याप्टप चोरी

तुलसीपुर, १८ मंसिर ।
दाङमा गएराती अज्ञात समुहले एक विद्यालय तोडफोड गरेका छन् । तुलसीपुर–४ घोर्नेटिमा स्थित दिपज्योती आधारभुत विद्यालयको झ्याल,ढोका तोडफोड गरेर एउटा ल्याप्टप समेत चोरी भएको विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष धनसिंह पुनले जानकारी दिए ।


पुनका अनुसार घटना शनीबार राती भएको र आज आईतबार बिहान मात्रै विद्यार्थी र शिक्षकहरु विद्यालय जादा तोटफोड भएको देखेपछि मात्रै घटना बाहिर आएको हो । त्यस पछि प्रहरीलाई पनि उजुरी दिएको विद्यालयले जनाएको छ । यता इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले घटनाको बिषयमा जानकारी पाए लगत्तै प्रहरी टोली गएर बुझ्दा एकथान ल्याप्टप चोरी भएको र थप अनुसन्धान भइरहेको बताएका छन् ।